काठमाडौं, ०२ बैशाख २०७९
संबिधान दिबस २०७८ काे अबसरमा नेपाल सरकारले विभुषणका लागि मनाेनयन गरेका एक नारायण लम्साललाई नयाँ वर्षको दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूले प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको छ।
विभुषित महानुभावहरूमा राजनितिज्ञ, कर्मचारी, समाजसेवी, पेशा, व्यवसायी र स्वास्थ्यकर्मीहरू पर्नु भएकाे भएतापनि गण्डकी प्रदेशबाट १ जना मात्रै स्वास्थ्यकर्मी परेका छन।
हाल स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यालय प्रमुखकाे पदका कार्यरत एक नारायण लम्साल गण्डकी प्रदेशबाट शुशाेभित हुने एक जना स्वास्थ्यकर्मी हुन। लम्साल विगत लामाे समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छन।
उनले पूर्णखाेप सुनिश्चितता, खाेप तथा जनस्वास्थ्यका कार्यक्रम व्यवस्थापन र संचालन तथा म्याग्दीमा काेभिड १९ नियन्त्रण तथा राेकथाममा महत्वपूर्ण याेगदान गर्दै आईरहेका छन।