काठमाडौं, २२ भाद्र २०७९
स्वास्थ्य मन्त्रालय मातहतका ११औं तहका दुई चिकित्सकले एक साता पहिले सरुवा गरे पनि आज पत्र पाएर जिम्मेवारी सम्हालेका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको निर्देशक डा. सर्भेष शर्माले एक हप्ता बित्दा पनि पत्र पाएका थिएनन्।
यस्तैगरी ट्रमा सेन्टरका निमित्त मेसु डा. रुद्र मरासिनीले पनि आजै पत्र पाएर जिम्मेवारी सम्हालेका छन्।
स्वास्थ्य मन्त्रालयले गत बुधबार डा. शर्मालाई व्यवस्थापन महाशाखाको निर्देशकमा र डा. मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा सरुवा गरेको थियो।
मन्त्रालयमा पत्र निदन भन्दै दबाब आएपनि अन्तत: मन्त्रालयले आफूले गत बुधबार गरेको निर्णय अनुसार नै अगाडि बढेको छ।