काठमाडौं, ३० जेठ २०८१
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सर्वेश शर्माले जिम्मेवारी पाएका छन्।
जेठ ११ गतेदेखि नेतृत्व बिहीन केन्द्रमा मंगलबार १८ दिनपछी निर्देशकमा डा. शर्मालाई पठाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकमा डा. शर्मालाई जिम्मेवारी दिएका हुन्। डा. शर्मा हाल वीर अस्पतालमा कार्यरत थिए।
मन्त्री यादवले जेठ ११ मा केन्द्रमा निर्देशक रहेका डा. सञ्जय ठाकुरको सरुवा वीर अस्पतालमा गरेका थिए।
डा. शर्माले यस अघि स्वास्थ्य सेवा बिभाग अन्तर्गत व्यवस्थापन महाशाखाको निर्देशकको भुमिका बहन गरिसकेका छन् ।














