चितवन, २८ चैत्र २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका सरकारी अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।
भरतपुर केन्द्रीय अस्पतालको ६७ औँ वार्षिकोत्सवलाई शनिबार चितवनमा सम्बोधन गर्नुहुँदै उहाँले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारी अस्पतालमा सेवा वृद्धि गर्ने र परेको अवस्थामा स्थानीय अस्पतालले थप चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उहाँले बताउनु भयो ।
बिरामी धेरै आए भनेर सरकारी अस्पताल डराउने गरेको उल्लेख गर्दै उहाँले डराउने नभै गुणस्तरीय सेवा कसरी दिने भन्ने विषय महत्वपूर्ण भएको बताउनु भयो ।
भरतपुर अस्पताललाई सरकारले ५ सय शैय्याको अस्पताल सञ्चालनका लागि अनुमति दिएकाले त्यसलाई पूर्ण क्षमतामा चलाउन आग्रह गर्नुभयो।