जनकपुर , १८ माघ २०७७
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेबल साह नियुक्त भएका छन्।
प्रतिष्ठानको रजिष्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ।
प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो।
प्रदेश २ का मुख्यमन्त्री लालुबाबु राउतले आज एक कार्यक्रममा नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।
कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झाको समेत उपस्थित थियो।