काठमाडौं , २० जेठ
डा.रमेश आचार्यले आफ्नो जन्मोत्सवमा काठमाडौं उपत्यकामा सडकका टुहुरा बालबालिका सहित बृद्धअबश्थाका आमाबुबालाई खाना सहित आर्थिक सहयोग गरेर मनाएका छ्न। डा. आचार्यले आफ्नो जन्मदिनमा भक्तपुरको नयाँ ठिमीमा रहेका सडक बालबालिका , अपांग र बृद्ध बृद्दा गरि १ सय जनालाई खाना , बिस्कुट र मास्क बितरण गरेका छ्न । त्यस्तै गरि भक्तपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवा गरि १०५ जनालाई साझको खाना खुवाएका छ्न्म भक्तपुरको सुर्यबिनायकमा पनि वृद्ध बृद्दा अपांग गरि ५० जनालाई साझको खाना दिएका छ्न।
काठमाडौं तारकेश्वर नगरपालिकाको नवजीवन परोपकार संस्थामा रहेका १६ जना बृदा आश्रममा रहेकालाई साझको खाना खुवाएर आफ्नो जन्मोत्सव मनाएका छ्न। लकडाउनको बेला होटेलहरु बन्द हुुुुने भएकाले बिरामी र कुरुवालाई सजिलो होस भन्ने हेतूले निशुुुल्क खाना खुवाएको डा.आचार्यले बताए
लामो समयदेखि चीन, अमेरिका बस्दै आउनु भएका डा .रमेश आचार्यले बेलायत , जर्मन ,इटली,फ्रान्स , अष्ट्रेलिया र जापान लगायत बिश्वका ७० देशहरुको भ्रमण गरिसक्नु भएको छ। नेपालका ४० जिल्लामा स्वास्थ्य शिबिर चलाईसक्नु भएका डा.आचार्य पछिल्लो समय अपांग , टुहुरा लगायत बृद्धअबस्थाका मानिसहरूको सेवा गर्ने योजना अगाडि बढिरहेको छ।
स्वास्थ्य शिबिरबाट बच्चा , अशक्त आमाबुबाहरुलाई सहयोग गर्दै आउनु भएको डा.आचार्यले बताए। थोङ्ची मेडिकल कलेज बुहान चिनका रिसर्च स्कलर तथा विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय कार्यक्रमको जजका रुपमा अन्तर्राष्ट्रिय छबि बनाएको थुप्रै उदाहरण बनी सकेका छ्न।
नेपालको दुर्गम जिल्ला दैलेखमा जन्मिनुभएका डा. आचार्यले आज आफ्नो जन्मोत्सवमा टुहुरा, अपांग बालबालिका र वृद्ध बृद्दाहरु सडक बालबच्चाहरुलाई सडकमै खाना, मास्क र आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाएको छ। डा.आचार्यले भने अब जन्मदिन ठुलो रिसोर्ट होटेल ,रेष्टुरेन्टमा मनाउने होईन अब हामी नेपालीले सडकमा मनाउनुपर्छ।
Good job for congratulation