काठमाडौं, ०३ श्रावण २०८०
सरकारले अंग प्रत्यारोपण समितिको अध्यक्षमा सहिद धर्मभक्त राष्टिय प्रत्यरोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा डा. श्रेष्ठसहित तीन जना सदस्य नियुक्त गरेको हो। समितिको सदस्यहरुमा डा. महेश सिग्देल, डा. प्रवीणविक्रम थापा र डा. महेश अधिकारीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा अध्यक्ष र सदस्यहरुलाई नियुक्त गरिएको हो । समिति गठन नहुदा लामो समयदेखि अंग प्रत्यारोपणसँग सम्बन्धित धेरै काम रोकिएका थिए ।
समितिमा ८ महिनादेखि अध्यक्ष र सदस्यहरु रिक्त थिए। स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्यमा लामो समयदेखि अड्किएका काम छिटो छरितो ढंगले गरिरहेका छन् ।