काठमाडौं, ०७ फागुन २०७८
नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा प्रत्येक वर्ष प्रदान गरिने विज्ञान प्रविधि युवा पुरस्कार यस वर्ष २०७८ को लागी पोखराका उदयमान वैज्ञानिक डा. निरञ्जन कोईराला लाई प्रदान गर्ने निर्णय गरेको छ ।
उहाँले सन् २०१६ मा दक्षिण कोरियाको सन मुन युनिभसिटी बाट फर्मास्युटिकल्स बायोकेमिस्ट्रिमा पिएचडि गर्नुभएको थियो, साथै गोल्ड मेडलिष्ट पनि हुनुभएको थियो ।
सानै उमेरमा पनि विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ साथै यसअघि पनि विधाभूषण वाट राष्ट्रपतिबाट सम्मानित भईसक्नु भएको छ ।

“सरल स्वभाव, मिठो बोली, सकरात्मक सोच, प्रेरणा दिने एवम आफ्नो ख्याल गर्नेले आफू उहाँप्रति आकर्षित भएको उहाँका एक रसायन शास्त्रका विधार्थी छात्र श्याम गैरेले वताए ।”
“यस अभिमानी युगमा पनि विधार्थीहरु संग तरङ्ग रंगेलीको भूमिका निर्वाह गर्दै आफ्नो स्वाभिमानमा व्यक्ति विरलै पाईने एक माइक्रोबायोलोजीकि विद्यार्थी छात्रा जेनिशा आर्चाय ले बताइन् ।”
उहाँले नेपालका विभिन्न भू-भागमा पाईने जडिवुटी तथा औषधी जन्य वनस्पतिहरूमा अनुसन्धान गरेर एवम् अनुसन्धान मुलक लेखहरू विश्व प्रख्यात जर्नलहरूमा प्रकाशित गरिसक्नु भएको छ । स्वास्थ्य नेपाल सँगै “म यस धर्तिमा अनुसन्धान गर्नको लागी जन्मेको हु भन्ने उहाँ “नेपाललाई अनुसन्धानको क्षेत्रवाट विश्वमानचित्रमा किर्तिमानी कायम गर्न आफू लागी पर्ने कुराको जानकारी गराउनु भयो ।”