काठमाडौं, ७ असार २०८०
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को रेक्टारमा डा. लोचन कार्की र रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह नियुक्त भएका छन्।
न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले डा. कार्कीलाई रेक्टारमा र डा. शाहलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्। मन्त्री बस्नेतले न्याम्सका नवनियुक्त उपकुलपति डा. भुपेन्द्र बस्नेतको सिफारिसका आधारमा न्याम्स ऐन अनुसार उनीहरुलाई नियुक्त गरेका हुन्।
डा. कार्की नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष हुन्। रजिष्ट्रार डा. शाह राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक्स सर्जन हुन्।