काठमाडौं, २० भाद्र २०७९
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विशेषज्ञ सल्लाहकार डा. विकास ज्ञवाली नियुक्त हुनुभएको छ ।
डा. ज्ञवालीलाई औषधि मूल्यांकन कमिटीको विशेषज्ञ सल्लाहकार प्यालनको सदस्यमा नियुक्त गरिएको विश्व स्वास्थ्य संगठनले ज्ञवालीलाई पठाएको पत्रमा उल्लेख छ ।
नेपाल सरकारसँगको परामर्शमा डा. ज्ञवालीलाई ४ वर्षका लागि जिम्मेवारी दिएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
डा. ज्ञावाली अहिले क्यानडाको क्वीन्स युनिभर्सिटीमा सहप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।
डा. ज्ञवालीले आफूलाई विश्वास गरेकोमा विश्व स्वास्थ्य संगठन प्रति आभार व्यक्त गर्नुभएको छ ।
संगठनको विशेषज्ञ सल्लाहकार भएर विश्व समुदायको सेवा गर्ने अवसर दिनुभएकोमा अत्यन्तै खुसी लागेको उहाँले बताउनु भएको छ।