आज मिति : २०७९ भाद्र ४
  • Login
Health News Nepal
Attariya Hospital Dhangadhi Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

उपचारमा खटेकै मान्छे ढल्यौ भने के होला अवस्था डा. अनुप बास्तोला

Nam Raj Bhatta by Nam Raj Bhatta
April 24, 2021
in News, Research & Study
A A
1
उपचारमा खटेकै मान्छे ढल्यौ भने के होला अवस्था डा. अनुप बास्तोला
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिएको छ। काठमाडौं लगायत देशका अन्य ठ्रला शहरमा संक्रमणदर र मृत्युदर दिनहुँ बढिरहेको छ।

अस्पतालहरु सिकिस्त बिरामीले भरिएका छन्। बिरामीले उपचार नपाउने अवस्था आएको भन्दै उपचारमा खटिएका चिकित्सकहरुले अक्सिजन सहितको आइसोलेसन बेड व्यवस्था गर्न समेत आग्रह गरेका छन्।

कोरोना संक्रमितको सुरुवातदेखि उपचार गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा कोभिड संयोजक डा अनुप बास्तोलाले अहिले निकै जटिल भएको भएको बताएका छन्। आइसियु र भेन्टिलेटर अभाव भएको भन्दै उनले समाजिक सञ्जालमास सबैलाई सचेत रहन आग्रह गरेका छन्।

डा. अनुप बास्तोलाले भने :

यो समय पक्कै बितेर जानेछ तर ख्याल गरौं है। अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं। यो जोखिम सहजै टर्ने स्थिति छैन। जबसम्म तपाईंहामी सचेत र चनाखो हुँदैनौं ।

मोबाइलको घण्टी जति बज्छ। उति तनाव थपिन्छ। अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन्। तर, टेकू अस्पताल भरिसक्यो। थप बिरामी राख्ने सम्भावना न्यून छ। अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।

विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ। हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं। घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?

जताजतै खुला छ। र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ। यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ। अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्। वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए।

हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो। यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं। कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं। हामी सुस्तायौं। तर कोरोना भाइरस अझ संक्रामक भएर आयो।

संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ। स्वास्थ्य सेवा डामाडोल हुन सक्छ। अस्पतालमा बेड नपाउने समस्या त छँदैछ। कुन उपचारले बिरामी निको हुनेछन्। भन्ने अन्यौल पनि उस्तै छ। कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ। एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ। पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन्।

तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ। ‘चेन ब्रेक’ नगरी हामीले सम्हालिने मौका पाउने छैनौं। अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ। त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ।

कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं। सुरक्षाका सबै मापदण्ड अपनाऔं। अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन। सकेसम्म सुरक्षित रहने कोसिस गरौं। यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँकहाँ चुक्यौं।

Tags: #Health and population ministry#kathmanduCorona Virus #Covid19Dr. Anup BastolaTeku Hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

Nepal rejects attempts by tobacco industry to clean its dirty image

Next Post

नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लाइसेन्सको परीक्षा असारमा‌ गर्दै

Related articles

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा
News

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा

20 mins ago
471
नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना
News

नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना

2 hours ago
487
Nepal covid-19 update from health news nepal
News

बैतडीको कारागार भित्र फैलियो कोरोना संक्रमण

17 hours ago
473
नवजीवन अस्पताल, सुदुरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरमा निशुल्क शिविर चल्दै
News

नवजीवन अस्पताल, सुदुरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरमा निशुल्क शिविर चल्दै

1 day ago
501
नेपालमै पहिलो पटक प्राइभेट हस्पिटलमा भित्रियो zygomatic प्लाष्टिक सर्जरी
News

नेपालमै पहिलो पटक प्राइभेट हस्पिटलमा भित्रियो Zygomatic प्लाष्टिक सर्जरी

2 days ago
508
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

2 days ago
511
Next Post
Nepal health professional council

नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लाइसेन्सको परीक्षा असारमा‌ गर्दै

Comments 1

  1. Pingback: होम आइसोलेसनमा सास फेर्न गाह्रो भए डा.रबिन्द्र पाण्डेका यी १६ सुझाव पढ्नुहोस् • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

भेटेरिनरी अस्पताल खुलाउन सर्वोच्चमा रिट

भेटेरिनरी अस्पताल खुलाउन सर्वोच्चमा रिट

2 years ago
471
प्रधानमन्त्रीले आज कोरोना बिरुद्धको खोप लगाउने ,आज देखि ६५ वर्ष माथिका लाई पनि खोप दिइदै

प्रधानमन्त्रीले आज कोरोना बिरुद्धको खोप लगाउने ,आज देखि ६५ वर्ष माथिका लाई पनि खोप दिइदै

1 year ago
471
Travel3 1

A Trainer Answers: What’s the Best Workout For Losing Weight?

3 years ago
471

Don't Miss

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

August 18, 2022
511
मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

August 17, 2022
518
Health ministry

स्वास्थ्य तहका कर्मचारीको तलबमान सार्वजनिक कसको कति?

August 17, 2022
552
अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

August 16, 2022
536
बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

August 15, 2022
486
नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

August 15, 2022
497
निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

August 14, 2022
582
ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

August 14, 2022
602
आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

August 13, 2022
528
काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

August 12, 2022
487
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,542)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In