काठमाडौं, २२ माघ २०७८
नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार लिएको (पीजी) विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ७६.७६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षाका लागि फारम भर्ने ७३४ भएपनि परीक्षामा ७२३ जना सहभागी थिए ।
त्यसमध्ये ५५५ जना पास भएका हुन् । परीक्षामा ११ जना अनुपस्थित थिए ।