धरान, २८ माघ २०७८
नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा.रोशन कलवार साह निर्वाचित हुनु भएको छ ।
शुक्रबार भएको निर्वाचनमा ८२ मत ल्याएर डा. कलवार अध्यक्ष पदमा विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी सन्दीप साहले ८१ मत ल्याउनु भएको थियो ।
संघको बरिष्ठ उपाध्यक्षमा डा. प्रविद गजुरेल, उपाध्यक्षमा डा. निरज रेग्मी, सचिवमा डा. निर्मल प्रसाद साह, कोषाध्यक्षमा डा. श्याम प्रसाद काफ्ले सह कोषाध्यक्ष डा. रमेश श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
यस्तैगरी सदस्यहरुमा डा. अमित विक्रम साह र डा. मोना दाहाल रहनु भएको निर्वाचन समिति संयोजक डा. राजीव महर्जनले जानकारी दिनुभयो । अध्यक्ष पदमा बाहेक अन्य पद निर्विरोध चयन भएको थियो । ३ बर्षे कार्यकालको लागि नयाँ समिति बनेको हो ।