भुवनेश्वरी जोशी
धनगढी , २७ मङ्सिर २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशको अस्थायी राजधानी धनगढीमा महामारिजन्य रोगहरुको रोकथाम , नियन्त्रण , तथा निगरानीको लागि सरोकार वालाहरुको संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ लगायत प्रदेश भित्र देखा पर्ने किटजन्य रोगहरु , पानीजन्य रोगहरु , जनावरजन्य रोगहरु लगायत अन्य महामारी हुन् सक्ने रोगहरुबाट समस्त मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ र यस्ता रोगहरुको प्रभावकारी रोकथाम , नियन्त्रण र ब्यबस्थापनको लागि ल्याबहरुको भूमिका सम्बन्धि बिषय बस्तु समेटेर सरोकार वालाहरुको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्री राम प्रसाद ओझाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य प्रस्तुति सहित कार्यक्रमको महत्व बारे बताउनु भएको हो ।
सरोकार वालाहरुको लागि सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशकाप्रदेश स्तरीय सरुवा रोग अस्पताल गोलसैनमा बन्ने ६ वटा पी सि आर ल्याबबाट हाल सम्म कोभिड १९ को महामारी रोकथाम , नियन्त्रण तथा ब्यबस्थापनका लागि गरिएको प्रयासहरु सहित अन्य महामारिजन्य रोगहरु नियन्त्रणका लागि गरिएका प्रयासका बारेमा प्रस्तुतीकरण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका बरिष्ठ ल्याब असिस्टेन्ट श्री झरेन्द्र सिंहले बताउनु भएको छ ।
कार्यक्रम सामाजिक बिकास मन्त्रालयका सचिव श्री रघुराम बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ र उक्त कार्यक्रममा सहभागीहरुले सुदूरपश्चिम प्रदेशमा हाल फैलिएको कोभिड १९ को रोकथाम , नियन्त्रण तथा प्रभावकारी ब्यबस्थापनका लागि हर सम्भव प्रयास गर्ने , त्यस्तै प्रयोगशालाले कोभिड १९ को तथ्यांक ब्यबस्थापनका लागि प्रयोग गर्नुपर्ने IMU mobile Application प्रयोग गर्ने सम्बन्धि पनि छलफल भएको र पूर्ण रुपमा उक्त app प्रयोग गर्ने र अन्य महामारी नियन्त्रणमा पनि प्रयोगशालाले खेल्नु पर्ने भूमिका सक्रियता पुर्वक निर्वाह गर्ने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको कुरा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ल्याब असिस्टेन्ट श्री हिक्मत बडालले जानकारी दिनु भएको छ ।
Comments 1