झापा ३० पुस २०७९
झापाको बिर्तामोडमा डाइबिटिज इन्डोक्राइन एसोसिएसन (DEAN) नेपालको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
पुस २९ गते देखि शुरू भएको पहिलो सम्मेलन पुस ३० गते दुई दिन गरी भव्यताका साथ सम्पन्न भएको हो । काठमाडौं लगायत देशभरबाट १५० जना इन्डोक्राइन, थाइराइड तथा हर्मोन रोग विशेषज्ञहरुको सहभागिता रहेको एसोसिएसन नेपालका अध्यक्ष डा. अरुण मास्केले जानकारी दिनुभयो।
डा. मास्केका अनुसार सम्मेलनमा पहिलो दिन २० जना चिकित्सकले आ- आफ्नो प्रस्तुतीकरण गरेको र दोस्रो दिन १० जना चिकित्सकले प्रसुतीकरण गरेका हुन्। विशेषगरी रेजिडेन्ट चिकित्सकहरुलाई प्रोत्साहन गर्नेको लागि सम्मेलन भएको डा. मास्केले जानकारी दिए।
सम्मेलनमा डिएम रेजिडेन्ट इन्डोक्राइन, रेजिडेन्ट इन्टरनल मेडिसिन र इन्डोक्राइन फैलोसिप गरिरहेका चिकित्सकहरु बिचमा बिरामीहरुको बारेमा छलफल प्रतिष्पर्धा अनुसार उत्कृष्ट हुने तीन जना चिकित्सकलाई पुरुस्कार समेत दिइएको डा. राम नारायण शाहले बताउनुभयो।
सम्मेलनमा प्रथम हुनेलाई नगद २० हजार सहित प्रमाणपत्र दिएको छ भने दोस्रो हुने चिकित्सकलाई नगद १५ हजार सहित प्रमाणपत्र र तेस्रो हुने चिकित्सकलाई नगद १० हजार सहित प्रमाणपत्र दिइएको जानकारी दिनुभयो।