Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

धौलागिरी प्रादेशिक अस्पतालमा ऐतिहासिक सफलता: स्तरोन्नत NICU मा जटिल नवजातको प्राणरक्षा

Nam Raj Bhatta by Nam Raj Bhatta
January 3, 2026
in News
Reading Time: 3 mins read
A A
0
धौलागिरी प्रादेशिक अस्पतालमा ऐतिहासिक सफलता: स्तरोन्नत NICU मा जटिल नवजातको प्राणरक्षा
590
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बागलुङ, १९ पुस २०८२

दुर्गम पहाडी क्षेत्रका नागरिकका लागि आशाको केन्द्र बनेको धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ (SNCU) लाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ (NICU) मा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

यसरी स्तरोन्नत भएको NICU मा गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरिएको हो।

यो सफल उपचार अस्पतालका प्रसूति तथा स्त्रीरोग विभागको एक जटिल प्रसव केस हो। विभागमा डा. विजय, डा. बिमल र डा. अंजुको टोलीले गम्भीर प्रसव र जटिल स्त्रीरोग सम्बन्धी ओपरेसनहरू सफलतापूर्वक गर्दै आएका छन्।

यसै क्रममा, म्याग्दी जिल्लाको दुर्गम ग्रामीण क्षेत्रबाट आएकी एक गर्भवती महिलामा २०८२ पौष ४ गते कर्ड प्रोल्याप्स र प्लेसेन्टा प्रिभिया जस्ता अत्यन्तै जोखिमपूर्ण अवस्था देखिएको थियो। महिलाको जीवन बचाउन आपतकालीन लोअर सेग्मेन्ट सिजेरियन सेक्सन (LSCS) गर्ने निर्णय स्त्रीरोग विशेषज्ञ डा. विजयको नेतृत्वमा सफल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताउनु भयो।

डा. विजय, डा. अमित (एनेस्थेसियोलोजिस्ट), डा. सन्दीप खत्री  (एनेस्थेसियोलोजिस्ट), प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा. किरण तिवारी, मेडिकल अफिसर डा. सन्दिप के.सी. र अन्य स्वास्थ्यकर्मीको संयुक्त टोलीले सफल शल्यक्रिया गरेका थिए।

डा. तिवारीका अनुसार दिउँसो ३:५० बजे जन्मिएको शिशु प्रारम्भमा कुनै पनि जीवनचिन्ह नदेखिएको (Flat Baby) अवस्थामा थियो। टोलीले निरन्तर र प्रभावकारी पुनर्जीवन (रिससिटेसन) , CPR दिएपछि मात्र ७ मिनेट पछि मात्र शिशुको हृदयको धड्कन फर्क्यो। अहिले शिशु NICU मा छ।

NICU मा शिशुलाई भेन्टिलेटरमा राखेर एन्टिबायोटिक, आयोनोट्रोप्स लगायतका जीवनरक्षक औषधिहरू निःशुल्क उपलब्ध गराएको डा. तिवारीले बताए।

डा. किरण तिवारी, डा. यशोदा, डा. कमल, डा. सन्दिप केसी र साथै NICU नर्सिङ टोली मिलनबरुवालको नेतृत्वको कृतिका, रश्मी, पूजा, मोनिका, दीपा, रक्षा, आस्मा लगायतको समन्वयात्मक प्रयासले उपचारलाई अझ प्रभावकारी बनाएको थियो।

त्यसैगरी, नर्सिङ अफिसर निमा हिताङ नेतृत्वको ICU नर्सिङ टोलीले नवजात शिशुको सघन हेरचाह, भेन्टिलेटर व्यवस्थापन तथा निरन्तर निगरानीमा उल्लेखनीय योगदान पुर्‍याएको थियो।

अनुभवी नर्सिङ्ग तथा ICU टोली ले करिब १० दिनसम्म अथक सेवा र निगरानी गरी शिशुलाई भेन्टिलेटरबाट हटाउन सफल भए।

हाल शिशु मेकानिकल CPAP बाट अक्सिजन सपोर्टमा र अहिले Room Airमा सारिएको छ र उसको हालको अवस्था सन्तोषजनक रहेको डा. तिवारीले बताए।

यस सफलताको जानकारी दिँदै डा. सन्दिप के.सी. ले भने, “यो केवल एउटा सफल उपचार मात्र होइन, हाम्रो दूरगामी लक्ष्यको सुरुवात हो। हाम्रो लक्ष्य यहाँ पूर्णरूपमा सुसज्जित NICU सञ्चालन गरी जटिल प्रसव पछिका गम्भीर नवजात शिशुहरूको सम्पूर्ण उपचार गर्नु हो।

यसबाट भविष्यमा जटिल नवजात शिशुहरूलाई बाहिरी अस्पतालमा पठाउनु (रेफरल) रोक्न सकिनेछ र दुर्गम क्षेत्रका सबै आमाबाबुले यहीं उच्चस्तरीय सेवा पाउनेछन्।”यस सफलताले दुर्गम क्षेत्रमा पनि उच्चस्तरीय नवजात सेवा सम्भव छ भन्ने प्रमाणित गरेको छ।

अस्पतालका स्त्रीरोग तथा नवजात विभागको सहकार्य र बहु-विषयक टोलीको सामूहिक प्रयासले नै यो जीवनरक्षा सम्भव भएको प्रमुख डा. किरण तिवारीले बताए। दूरदराजका आमाबाबुका लागि यो सेवा ढुक्क ढुक्क आशाको किरण बनेको छ। यसैबीच, स्त्रीरोग विभागले डा. विजय, डा. बिमल र डा. अंजुको टोली अगाडि बढी गम्भीर प्रसव र स्त्रीरोगीका केसहरू सफलतापूर्वक उपचार गर्दै आएको छ जसले सम्पूर्ण क्षेत्रका महिलाहरूमा विश्वास जगाएको छ।

यसबिच अस्पताल प्रशासन प्रमुख विपिन पुनले यस सफलतालाई दुईतर्फी रणनीतिक जित बताउँदै भने, “यसले हामीलाई दुई महत्वपूर्ण लक्ष्यमा पुग्न मद्दत गरेको छ: एक त, जटिल प्रसवलाई नै स्थानीयस्तरमै उपचार गरेर मातृ स्वास्थ्य रेफरल रोक्ने र दुई, स्तरोन्नत NICU को माध्यमबाट जटिल नवजात शिशुहरूको बाहिरी रेफरल पनि सम्पूर्ण रूपमा रोक्ने। यो एउटा सम्पूर्ण मातृ-शिशु स्वास्थ्य सेवा चक्र हो जसले गर्दा अब दुर्गम क्षेत्रका गर्भवती र नवजातहरू सुरक्षित छन्।”

Tags: Dhaulagiri hospital
SummarizeShare236ScanTweet148

Related articles

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

by Nam Raj Bhatta
August 14, 2026
0

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त भएका छन् केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा. बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको...

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.