Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दाँत एवं मुखकाे स्वास्थ्य र यसको महत्व

Nam Raj Bhatta by Nam Raj Bhatta
November 18, 2020
in News
Reading Time: 2 mins read
A A
9
Dental Hygiene Health

Dental Hygiene Health

649
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा. प्रकाश बुढाथोकी

सिनियर कन्सल्टेन्ट डेण्टल सर्जन

प्रमुख,आँखा, नाक, कान घाँटी तथा मुख

स्वास्थ्य उपचारात्मक महाशाखा,स्वास्थ्य सेवा विभाग

✍️ Dr.Prakash Budhathoky
✍️ Dr.Prakash Budhathoky

अन्य रोगहरूको तुलनामा दाँत एवं मुखको रोगलाई गम्भीर रुपमा नलिने हाम्रो प्रवृति, सरकारी तथा गैरसरकारी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिइ विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सिमित उपचार मात्र प्रदान गरिने तथा दात तथा मुखका रोगहरूबाट मानिसको तत्कालै इहलीला समाप्त भएको देखिदैन । त्यस्तै प्रायः जसो दाँत र मुखमा लाग्ने रोगले लगातार दुःख दिने समस्याको रूपमा नभई बीच—बीचमा मात्र बल्झिने प्रकृतिका हुन्छन् । अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारणले झनै रोगीहरू ‘जब पर्यो राती तब बुढी ताती’ भन्ने उखान झै दुखाइ बढेपछि र यो रोगले जटिलता निम्त्याएपछि मात्र स्वास्थ्य संस्थाको ढोका ढकढकाउने वा चिकित्सक कहाँ पुग्ने गर्दछन् । परिणामतः रोग निको हुन लामो समय लाग्ने, कठिन प्रक्रिया अपनाउन पर्ने भएकोले दन्त्य उपचार सबैलाई महंगो पनि लागिरहेको छ ।

मुख्य रोग र प्रकोपता भन्न त सबैले आफ्नो क्षेत्रलाई ठुलो समस्या भएको, भयानक तथा दर्दनाक रोगहरु पाइने भन्ने गर्छन । समस्याको मात्रा, तथ्यांक र विभिन्न खोज अनुसन्धानलाई आधार मान्दा विश्व र नेपालमा समेत दाँत तथा मुखको समस्या बढी छ । दन्तहर्षा रुघाखोकी भन्दा बढी पाइन्छ । गाउँघरमा गिजा सम्बन्धी रोग, त्यसपछि दाँत खिइने रोग, प्रमुख रूपमा देखा पर्दछ भने शहर बजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरू पर्दछन् ।

दन्त स्वास्थ्यका प्रमुख रोगहरूको कुरा गर्नु पर्दा

दन्त सड्न, दन्तहर्षा, पाइरिया, दाँत सिरिंग—सिरिंग गर्ने, श्वास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नुका साथै यी सामान्य रोगहरूबाट उत्पन्न भएका जटिलताहरू गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएकोे, तथा दन्त अपांग वा थोेते भएको पनि त्यतिकै भेटिन्छन् ।

प्रकोपको कुरा गर्दा दन्त सड्नको मात्र उपचार एकैपटक गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक वजेटको १० गुणा लाग्न सक्ने अनुमान छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको अन्तर्राष्ट्रिय विज्ञप्तीअनुसार विश्वका ७ अर्ब जनसंख्यामध्ये ६ अर्ब ७५ करोड दाँतको रोगबाट पीडित छन् । विश्वका अधिकांश मुलुकमा विशेषगरी स्कुल जाने उमेरका बालवालिका ९० प्रतिशत बढी दन्तरोगी छन । हाल विकसित मुलुकमा प्रति २ हजार जनसंख्यामा १ र विकासोन्मुख राष्ट्रमा प्रति साढे १ लाख जनसंख्यामा १ जना दन्त चिकित्सक उपलब्ध छन् ।

नेपालमा हाल ३ हजार ३ सय दन्त चिकित्सक र २ हजार ५ सय दन्त सहायक, हाइजनिष्ट, डेण्टल ल्याब सहायक दर्ता भएपनि आधा जति विदेशमा छन् । मुख आयतनले सानो अंग भएपनि महत्वको आधारमा ज्यादै ठूलो एवं अहंम अंग हो किनभने मुख शरीरको प्रवेशद्वार हो ।

मुखबाट खाइएका÷लिइएका खाद्यपदार्थहरू खाना, नास्ता, औषधिले शरीरका सम्पूर्ण अंग—प्रत्यंगलाई स्वस्थ राख्न सहयोग पुर्याइरहेका हुन्छन् । जसबाट मात्र एउटा स्वस्थ मानिसको कल्पना गर्न सकिन्छ । एउटा अस्वस्थ, रोगी वा बिरामी, फोहर मुखबाट लिइएको खाद्य पदार्थ जतिसुकै महंगो स्वादिलो वा आकर्षक भएपनि शरीरले वा शरीरका अंग—प्रत्यंगले समुचित रूपमा सदुपयोग गर्न सक्दैन । त्यसकारण पनि ‘स्वच्छ र सफा मुख नै स्वस्थ जीवनको आधार हो’ भन्ने गरिन्छ । एकातिर मुखका अंग—प्रत्यंग र दाँतमा देखिने समस्या वा रोगहरू मुखसँगै मात्र सम्बन्धित हुनसक्छन् भने अर्कोतिर शरीरका अंग—प्रत्यंग वा प्रणालीसँग सम्बन्धित समस्या वा रोगहरूको प्रतिविम्ब मुखका अंग—प्रत्यंगमा देखिएको हुनसक्छ । त्यही भएर नै मुखलाई ‘शरीरको ऐना’ भन्ने गरिन्छ । केहीमा शरीरमा देखिने रोगको परिसूचकको रूपमा अर्थात् शरीरमा रोग देखिनुभन्दा पहिले नै मुखमा समस्या देखिन पनि सक्छ । जस्तै, दादुरा आउनुभन्दा २—४ दिन पहिले मुखमा ‘कपलिक स्पट’ देखिन्छ, एच.आई.भी. एड्समा सबैभन्दा पहिले मुखमा कापोसिस सार्कोमा देखिने गर्दछ । केहीमा शरीरमा र मुखमा लक्षण तथा चिन्हहरू साथसाथै देखिने गर्दछन् । जस्तै मधुमेहीमा फलफूलको गन्धजस्तो श्वास गन्ध आउने, रक्तअल्पतामा मुख र जिब्रोको सुजन हुने गर्छ । यसरी अन्य रोगको निदान गर्न मुखमा आएका घाउ खटिरा र रोगले सहयोग पुर्याउँदछन् । केहीमा प्रणालीका रोगद्वारा जटिलता उत्पन्न भएर मुखमा समस्या देखिन सक्दछन् । जस्तैः कलेजोको रोगमा गिजाबाट रगत आउने, मुखबाट बिग्रेको अण्डाको गन्ध आउने हुन्छ । दन्तलेउमा भएको ३ सय ६५ भन्दा बढी प्रकारका मध्ये दर्जनौ ब्याक्टेरियाले गिजाको रोग निम्त्याउँछ ।

अस्वस्थ गिजामा पनि यस्ता ब्याक्टेरियाहरु हुन्छन् । गिजामा भएको रक्तनलीहरु मार्फत ब्याक्टेरियाहरु शरीर भरी पुग्दछन् । केही ब्याक्टेरियाले बगिरहेको रगतलाई जमाइ क्लट बनाउँछन् । उक्त क्लटले सानो भए विभिन्न अंगहरुलाई रगत पुर्याउनमा कमी र क्लट ठूलो भए आघात नै बनाउन सक्छ । यस्तो घटना मुटुको नलीमा भए हृद्धयाघात, दिमागको रक्तनलीमा भए स्ट्रोक र पक्षघात, मिर्गौलाका रक्तनलीमा भए मिर्गौला फेल हुनसक्छ । जन्मदादेखि नै मुटुको समस्या भएका, बाथरोग भएका, प्रोस्थेटिक भल्भ भएका बिरामीहरुले झनै गिजा तथा मुखको सरसफाई र दन्त उपचारमा ध्यान नदिँदा सब—एकयुट ब्याक्टेरियल इन्डोकार्डाइटाइटिस रोग निम्तिन सक्छ । समयको महत्व समयमै ध्यान नदिँदा दाँत तथा मुखका सामान्य रोग तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अंग भंग हुनुका साथै मुत्युवरण गर्नुपर्ने हुनसक्छ । जति समय ढिलो भयो, त्यतिनै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महंगो पनि पर्न जान्छ । जस्तै, दाँत किराले खाने, दन्तहर्षा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गै पछि गएर खाद्यनली र श्वास फेर्ने नली थिचीन गई सास फेर्न नसकी मर्न सकिन्छ । सेलुलाइटीस, पिनास र दिमागमा क्याभरनस साइनस थो्रम्बोसीससम्म हुनसक्छ । त्यसैगरी गिजा तथा मुख सम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वास—प्रश्वास सम्बन्धी रोग–निमोनिया, दम, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृद्धयाघात, मष्तिष्कघात हुने सम्भावना बढी हुन्छ । गर्भवती महिलामा दाँत तथा मुखको समस्या भए, समयभन्दा पहिलेनै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर वच्चाको जन्म हुने सम्भावना रहन्छ ।

धरिला, नमिलेका दाँत, लामोे समयसम्मको घाउ खटिरा, रोग, फोेहर साथै सूर्तिजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर पनि हुने गर्दछ । अस्ट्रेलियाको एक खोजमा दाँत र गिजाको स्वास्थ्यमा ध्यान नदिदा ढिलो गर्भाधारण हुने, बाँझोपनालगायत अनेकन प्रजनन स्वास्थ्यमा असर परेको प्रस्तुत गरिएको थियो । गिजामा डेण्टल फ्लस नगर्दा गर्भधारणमा २ महिना ढिलो पारेको थियो । हुन त यसअघि नै पेरियोडेन्टल रोग र मुटु रोग, टाइप २ मधुमेह, गर्भपतन–मिसक्यारियज र पुरुषमा शुक्रकिटको गुणस्तरमा कमजोरसँग सम्बन्धित रहेको तथ्य आइसकेका छन् । विश्वमै सवैभन्दा बढी मानव समुदायलाई सताउने नसर्ने दीर्घकालीन प्रकृतिका रोगहरुमा मुखमा पाइने रोगहरु पर्दछन् । यी रोगहरुले पैदा गर्ने दुखाइ, असहजता, कुरुपपना र कहिलेकाहि हुने मृत्युले मान्छेको गुणस्तरीय जीवनमा प्रभाव पार्दछ । यसले व्यक्ति, समाज र राज्यको जीवनमा अनावश्यक आर्थिक भार थप्दछ । नेपाल यसमा अछुतो छैन । हाम्रो जस्तो निम्न आर्थिक हैसियत भएको देशका लागि यी रोकथाम गर्न सकिने प्रकृतिका रोगहरुले थप आर्थिक भार पार्दछन ।

तसर्थ मानव जीवनलाई सुखदायी बनाउन व्यक्ति, समाज र राज्यलाई आर्थिक बोझबाट बचाइ गुणस्तरीय मानव जीवन बनाउनलाई समुदाय र राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले विश्व दन्त चिकित्सा महासंघको आव्हानमा सन् २०१३ बाट विश्व मुख स्वास्थ्य दिवस प्रत्येक वर्ष मार्च २० मा विश्वभरी मनाउँदै आइरहेका छौं । दिवसको मूल उद्देश्य कार्यशाला, गोष्ठी, सभा, समारोह, प्रशिक्षण, पैरवी गरी मुख स्वास्थ्यका बारेमा जनचेतना बढाउने, नीति—निर्माताहरुलाई सजग गराउने हो ।

दुर्भाग्यवश कोभिड—१९ को महामारीले यसपालीको मुख स्वास्थ्य दिवस औपचारिक रुपमा नीति—निर्माताहरुका बीच छलफल गरी मनाइदैंछ । मुख स्वास्थ्य सम्बन्धी अधिकांश रोगहरु रोकथाम गर्न सकिने खालका भएकोले यस क्षेत्रमा आवश्यक जनशक्ति निर्माण, परिचालन र नीति बनाई यी समस्यासँग जुध्न सकिने भएकाले यसमा भूमिका खेल्न सम्बन्धित पक्षसँग हार्दिक अपिल छ । कच्चा बैद्यगिरी वा कुट चिकित्सालाई कसरी निर्मुल पार्न सकिन्छ भनेर सवै पक्ष मिलेर अगाडि बढ्न जरुरी छ । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिरहेको बेला उपचारको र रोग सर्ने प्रवृत्तिका हिसावले दन्त चिकित्सक , स्वास्थ्यकर्मी निकै जोखिममा भएकाले दन्त चिकित्सक, स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षाका सामाग्रीहरुको सहज उपलब्धता गराइदिन अनुरोध छ । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि पूर्व सर्तकता अपनाउन अपिल गरिन्छ । रोग लागिसकेपछि रोगको उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु अतिनै उत्तम तथा उचित हुन्छ । त्यसकारण आत्महत्या गर्न सक्नेसम्मको दुखाइबाट मुक्त रहन, महंगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगहरूबाट ग्रसित नहुन प्रणालीमा भएका रोगहरूलाई निको पार्न साथै औषधीको आवश्यकता कम गर्न लगायत दाँत तथा मुखका अंग—प्रत्यंगलाई अड्ड—भड्ड हुनबाट जोगाउन निम्न कुरामा ध्यान पुर्याउनुपर्दछ ।

दाँत एवं मुखको सरसफाइ खाना खानु अघि र पछि हात मुख धुनु जत्ति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिनै अनिवार्य छ र गर्नु पर्दछ । राती सुत्नुअघि ब्रस गरौं र बिहान उठ्नासाथ कुल्ला गरी खाना वा नास्ता खाएपछि ब्रस गरी बाहिर निक्लने बानी बसालौं । त्यसैगरी २ दाँत बीचको फोहर निकाल्न रातीको ब्रस गर्नभन्दा पहिले कम्तीमा एकपटक डेण्टल फ्लस प्रयोग गरौ । खानेकुरामा नियन्त्रण टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सूर्तिजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगरौं । भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अकुराउँदै गरेका अन्नबाली, मूला, गाजर, बन्दागोबी, सकरखण्डजस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गरौं । रेशादार, ताजा फलफूल, दुध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ । नियमित रूपमा दन्त परिक्षण दाँत दुख्न गिजाबाट रगत आउनु मात्रै दाँतको समस्या होइन, दाँत नदुखेको र गिजाबाट रगत नआएको बखत पनि दन्त समस्या हुन सक्छ ।

त्यसकारण प्रत्यक्ष ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण सम्भव हुन्छ । बालक जन्मेदेखि दन्त परिक्षण गराउन सुरु गर्नु पर्दछ र त्यसपछि नियमित रुपमा दन्त परिक्षण गराउने बानी बसाल्नु पर्दछ । के शिक्षित के अशिक्षित, के शिक्षक के विद्यार्थी, के गरिव के धनी सबै वर्गमा नियमित दन्त परिक्षणको अनुभव देखिंदैन् । समयमै सचेत भएर १४४० मिनेटको एक दिनमा विहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नु अगाडि ४ मिनेट मुखको सरसफाइका लागि दिन सक्यौं भने करिब ९० प्रतिशत मुखका रोगहरुबाट मुक्त हुन सकिन्छ ।

यदि रोग लागिसकेमा उपचार गराउँदा विज्ञापनको पछि मात्र नदौडी उपचार गर्न चिकित्सक, सेवाप्रदायक सही भए नभएको, प्रयोग हुने वा गरिने सामान, उपकरण र पदार्थहरु पूर्ण निर्मलीकरण र शुद्धिकरण भए—नभएकोमा राम्रोसँग ध्यान दिनुका साथै सोधपुछ पनि गर्नु पर्दछ । अन्यथा रोगको उपचार गर्न अस्पताल वा चिकित्सक कहाँ गएकोमा फर्कदा अपरिवर्तित नोक्सान, जटिलता, थुप्रै हेपाटाइटिस एचआइभीजस्ता सरुवा, संक्रामक र भयानक रोगहरु बोकेर घर फर्किन सकिन्छ।

Tags: # PCR machine#government of Nepal#Health and population ministryCorona Virus #Covid19Dental HealthSelf Isolation
SummarizeShare294ScanTweet148

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

by Nam Raj Bhatta
October 7, 2026
0

मौलाकालिका अस्पताल.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । रेडियोलोजिस्टका रूपमा...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

by Nam Raj Bhatta
October 6, 2026
0

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ। उक्त सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.