काठमाडौं, ३१ बैशाख २०७९
प्रजातन्त्रवादी चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत गरेको छ।
संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. संयुक्त आचार्यले विज्ञप्ति जारी गर्दै हालै जारी गर्दै अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रुपमा चोट पुर्याउने मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्नेछ भन्ने प्रावधान थप गरिएको भन्दै यो समय सान्दर्भिक रहेको बताएका छन्।
यो प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामा हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई निरुत्साहित गर्ने संघको विश्वास रहेको छ।