काठमाडौं, ९ भाद्र २०७७
सिनामंगलस्थित डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरले कोरोना पिसिआर सुरु गरेको छ। डिकोड ल्याबले बिगत ७ बर्ष पहिले देखि विभिन्न रोगको पिसिआर परीक्षण सेवा प्रदान गर्दै आएको छ।
पिसिआर परीक्षण सेवा प्रदायकमा उक्त ल्याब नेपालकै पहिलो मध्ये एक हो। यस अघि उक्त ल्याबले नेपाल सरकार सँग सहकार्य गर्दै देशका विभिन्न ठाउँमा नेपाल सरकारको कोभिड पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने सहयोग गर्दै आएको छ।
पिसिआर परीक्षणमा दसौं वर्षको अनुभव भएको टिमले परीक्षण गरी गुणस्तरीय नतिजा प्रदान गर्ने प्रतिबद्धता रहेको यस संस्थाका निर्देशक सुनिल प्रसाद लेखकले जानकारी दिनुभयो।
महामारीको यस विषम परिस्थितिमा नेपाल सरकारले तोकेको दर रेटमा परिक्षण उपलब्ध गराउने साथै महामारीको अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी तथा पत्रकारहरूको लागि विशेष छुटको पनि व्यवस्था गरिएको लेखकले जानकारी दिनुभयो। स्वाब संकलन सम्पर्कको लागि डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरको फेसबुक पेजबाट प्राप्त गर्न सक्नुहुनेछ।





