दाङ, १९ साउन २०७७
नेपाल मेडिकल एसोसिएसनको चौथो महाधिवेशनले नेपाल चिकित्सक संघ दाङ शाखाको अध्यक्षमा डा. कुवेर रेग्मी सहित १३ सदस्यीय र ५ जना सल्लाहकारको कार्य समिति बनेको छ ।
शनिबारको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डा. किशोर खत्री, उपाध्यक्षमा डा. माधव गोहित , सचिवमा डा. बिपि भुसाल, कोषाध्यक्षमा डा. रमेश बस्नेत सहसचिवमा डा. बिक्रम बुढाथोकी र सहकोषाध्यक्षमा डा. अनुपमा शर्मा चयन गरेकाे थियो ।
त्यसैगरी सदस्यहरूमा डा. मुक्तिनाथ रौनियार, डा. एन्जिलीका कार्की , डा. सबल कृष्ण गैरे डा. बम बिसि , डा. पुष्प भुसाल र डा. सन्दिप खड्का चयन भएका छन । निर्वतमान अध्यक्ष डा. जनार्दन पन्थी हुनुहुन्थ्यो।
सर्वसम्मत रूपमा चयन गर्ने वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुने प्रत्यायी चिकित्सक र अन्य चिकित्सक साथीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।उनले नवगठित कार्यसमितिले चिकित्सकको हकहितका साथै जनताको स्वास्थ्य सरोकारका विषयमा प्रयाप्त ध्यान पुर्याउने विश्वास व्यक्त गरे ।
सबै नयाँ कार्यसमितिले आ-आफ्नो पदमा रही आफ्नो मन बचनका साथ कार्यकाल सफल बनाउने दृढता व्यक्त गर्नुभयो। यो कार्यकाल ३ वर्षको रहने छ। त्यस्तै सल्लाहकारमा पाँच जनाको नाम सिफारिस गरेको छ । जसमा डा.हिमकर ज्ञवाली , डा.पदम अधिकारी डा.प्रताप पोख्रेल डा.सर्बेश शर्मा र डा.अनिल यादवलाई नियुक्त गरिएको छ।