१४ मंसिर २०७७ , डोटी
यहि असोज अन्तिम साता सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय धनगढी कैलाली द्वारा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढी कैलालीको निमित्त निर्देशकमा डा .निरज अर्याल लाई जिम्मेवारी दिने निर्णय उच्च अदालत दिपायलबाट बदर भएको छ ।
सामाजिक बिकास मन्त्रालय अन्तर्गत को प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र को निर्देशक ११ औ तह हेल्थ इन्सपेक्सन समुहको रहने ब्यबस्था दरबन्दी संरचनामा उल्लेख छ । संघीयता कार्यान्वयन पछी बनेको स्वास्थ्य संरचना मा बिभिन्न निकायमा बिभिन्न सेवा समुहका व्यक्तिहरु प्रमुख रहने गरि संगठन संरचना कायम भएको थियो ।
११ औ तह को दरबन्दी रहेको उक्त कार्यालयको निर्देशकको जिम्मा यस अघि ११ औ तहकै स्वास्थ्य निर्देशनालयको समेत जिम्मेवारी कुशलतापुर्बक सम्हालिरहेका डा.गुण राज अवस्थीले गरिरहनु भयको थियो। तर असोज अन्तिम साता सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीले निर्णय गरि नियम बिपरित रेडियोलोजिस्ट समुहका १० औ तह का डा निरज अर्याल लाई जिम्मेवारी दिएको थियो । सो निर्णयका बिरुद्ध डा.गुण राज अवस्थीले उच्च अदालत दिपायलमा रिट दर्ता गरेका थिए । सो रिट उपर मङ्सिर १४ गते उच्च अदालत दिपायलमा भएको बहसमा उच्च अदालत दिपायलबाट सामाजिक बिकास मन्त्रालय को उक्त निर्णय लाई खारेज गरि सेवा,समुह र तह मिल्ने व्यक्तिलाइ जिम्मेवारी दिने गरि निर्णय भएको कुरा रिटकर्ता डा. गुणराज अवस्थीले बताउनु भएको छ ।
साथै वहाले यस प्रकार का गलत निर्णयको सधै बिरोध गर्ने र सेवा , समुह र तह अनुसार स्वास्थ्यका बिभिन्न निकायमा जिम्मेवारी दिनु पर्ने कुरामा समेत जोड दिनु भएको छ ।