काठमाडौं १२, बैशाख
नेपालमा कोरोना संक्रमण (कोभिड-१९ ) पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।आज झापाका ६२ वर्षका पुरुषमा संक्रमण भेट्टिएको हो।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार उहाँको संक्रमण पुष्टी भएको संख्या हो।
हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिनु भएको छ।