काठमाडौं,१६ असोज २०७७
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेकाे छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा १४ हजार सात सय २२ जनाकाे नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३३ सय सात जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो
पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
काठमाडौं उपत्यकामा मात्रै १६३८ जनालाई कोरोना पुष्टि भयो । जसमा काठमाडौंमा १२८०,भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर परीक्षण भयो ।