आज मिति : २०८२ जेष्ठ २४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोरोना परीक्षण नि:शुल्क गर्न काङ्ग्रेस केन्द्रिय सदस्य शिवाकोटीको आग्रह

Nam Raj Bhatta by Nam Raj Bhatta
January 21, 2022
in News
A A
0
कोरोना परीक्षण नि:शुल्क गर्न काङ्ग्रेस केन्द्रिय सदस्य शिवाकोटीको आग्रह
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ७ माघ २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कोरोना भाइरसको महामारी ब्याप्त भइरहँदा धेरै भन्दा धेरैको परीक्षण गर्नका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

समाजिक संजाल फेसबुकमा उनले स्टाटस लेख्दै ‘कोरोना टेष्ट निःशुल्क गर, कोरोना खोप व्यापक गर, कोरोना खोप कार्ड अनिवार्य गर्न हतार नगर’ भनी सरकारलाई अभिभावकीय भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘सरकार अभिभावक हो । हुने नहुने सबैको ख्याल राख्ने जिम्मा सरकारकै हो। तर राज्यकै निकायहरुले सरकार सबै नागरिकको आपत्विपद्को साथी र अभिभावक हैन भन्ने व्यवहार प्रदर्शित गर्दा कोरोना टेष्टका लागि एक हजार तिर्न नसकेर संचारकर्म गर्दै गरेको एउटा युवा एलबी विश्वकर्माले अनाहकमा जीवन गुमाउनुपर्यो । यो सरकारप्रति आम नागरिकको भरोसा टुट्ने घटना हो । अर्को भाषामा भन्नुपर्दा यो आम नागरिकमाथि राज्यको अपराध हो ।’

उनले गल्ती गर्ने सरकारलाई माफी माग्न पनि अग्रह गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘यस्तो अपराधमा संलग्न भएकोमा सरकार माफी माग। गल्ती सुधार्ने घोषणा गर। प्रधानमन्त्रीज्यू तपाईको देशवासीको नाममा हुने सम्बोधनमा कोरोना टेष्ट निःशुल्क हुने घोषणा गर्नुहोस् । निःशुल्क लगाइँदै आएको कोभिड विरुद्धको भ्याक्सिन प्रभावकारी ढंगले आम नागरिकको पहुँचमा पुगोस् । आफ्ना कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन नहुँदै अनावश्यक आदेश भने नदिइयोस् ।’

केन्द्रीय सदस्य शिवाकोटीले कुनै पनि निर्णय गर्नुअघि गम्भीर भएर सोच्न आग्रह गर्दै लेखेका छन्, ‘निर्णय गर्नुअघि दुईपटक विचार गर्नु बरु। लगाउन चाहनेले पनि अझै कोभिड विरूद्धको खोप लगाउन पाएका छैनन् । पहिलो खोप लगाउन नपाएका नागरिकको संख्या अझै धेरै छ। बुस्टर डोज लगाउनेको संख्या न्यून छ । यो स्थितिमा खोप कार्ड अनिवार्य भनेर नागरिकको ठूलो हिस्सालाई सार्वजनिक स्थानमा प्रतिबन्ध हुने अवस्था ती नागरिकहरुमाथिको ज्यादती र मानव अधिकारको हनन हो । तत्काल यो निर्णयमा पुनर्विचार गरियोस् ।’

Tags: # PCR machineAjay Babu shiwakotiCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

देशभर १९४ जना आइसियुमा र ३५ जना भेन्टिलेटरमा कोरोना संक्रमितको उपचार हुँदै

Next Post

चिकित्सा शिक्षा: स्नातकोत्तरको (पिजी) प्रवेश परीक्षा आजबाट सुरु

Related articles

Monsoon and lightning safety advisory illustration
English

🌧️ Monsoon and Lightning Safety Advisory: Be Prepared, Stay Safe

21 hours ago
779
नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित
News

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित

1 day ago
812
हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

3 days ago
785
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

3 days ago
818
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

5 days ago
817
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

5 days ago
780
Next Post
चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा: स्नातकोत्तरको (पिजी) प्रवेश परीक्षा आजबाट सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,057)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In