Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना परीक्षण नि:शुल्क गर्न काङ्ग्रेस केन्द्रिय सदस्य शिवाकोटीको आग्रह

Nam Raj Bhatta by Nam Raj Bhatta
January 21, 2022
in News
Reading Time: 1 min read
A A
0
कोरोना परीक्षण नि:शुल्क गर्न काङ्ग्रेस केन्द्रिय सदस्य शिवाकोटीको आग्रह
609
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ७ माघ २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कोरोना भाइरसको महामारी ब्याप्त भइरहँदा धेरै भन्दा धेरैको परीक्षण गर्नका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

समाजिक संजाल फेसबुकमा उनले स्टाटस लेख्दै ‘कोरोना टेष्ट निःशुल्क गर, कोरोना खोप व्यापक गर, कोरोना खोप कार्ड अनिवार्य गर्न हतार नगर’ भनी सरकारलाई अभिभावकीय भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘सरकार अभिभावक हो । हुने नहुने सबैको ख्याल राख्ने जिम्मा सरकारकै हो। तर राज्यकै निकायहरुले सरकार सबै नागरिकको आपत्विपद्को साथी र अभिभावक हैन भन्ने व्यवहार प्रदर्शित गर्दा कोरोना टेष्टका लागि एक हजार तिर्न नसकेर संचारकर्म गर्दै गरेको एउटा युवा एलबी विश्वकर्माले अनाहकमा जीवन गुमाउनुपर्यो । यो सरकारप्रति आम नागरिकको भरोसा टुट्ने घटना हो । अर्को भाषामा भन्नुपर्दा यो आम नागरिकमाथि राज्यको अपराध हो ।’

उनले गल्ती गर्ने सरकारलाई माफी माग्न पनि अग्रह गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘यस्तो अपराधमा संलग्न भएकोमा सरकार माफी माग। गल्ती सुधार्ने घोषणा गर। प्रधानमन्त्रीज्यू तपाईको देशवासीको नाममा हुने सम्बोधनमा कोरोना टेष्ट निःशुल्क हुने घोषणा गर्नुहोस् । निःशुल्क लगाइँदै आएको कोभिड विरुद्धको भ्याक्सिन प्रभावकारी ढंगले आम नागरिकको पहुँचमा पुगोस् । आफ्ना कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन नहुँदै अनावश्यक आदेश भने नदिइयोस् ।’

केन्द्रीय सदस्य शिवाकोटीले कुनै पनि निर्णय गर्नुअघि गम्भीर भएर सोच्न आग्रह गर्दै लेखेका छन्, ‘निर्णय गर्नुअघि दुईपटक विचार गर्नु बरु। लगाउन चाहनेले पनि अझै कोभिड विरूद्धको खोप लगाउन पाएका छैनन् । पहिलो खोप लगाउन नपाएका नागरिकको संख्या अझै धेरै छ। बुस्टर डोज लगाउनेको संख्या न्यून छ । यो स्थितिमा खोप कार्ड अनिवार्य भनेर नागरिकको ठूलो हिस्सालाई सार्वजनिक स्थानमा प्रतिबन्ध हुने अवस्था ती नागरिकहरुमाथिको ज्यादती र मानव अधिकारको हनन हो । तत्काल यो निर्णयमा पुनर्विचार गरियोस् ।’

Tags: # PCR machineAjay Babu shiwakotiCorona Virus #Covid19
SummarizeShare258ScanTweet146

Related articles

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

by Nam Raj Bhatta
September 22, 2026
0

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.