काठमाडौं , ३ असार
नेपालमा पछिल्लो चौविस घण्टामा विभिन्न जिल्लाका थप ५८६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा ५८६ जनामा संक्रमण देखिएको बताए ।
यो संक्रमणको संख्या एक दिनमा देखिएको अहिलेसम्मकै बढी हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । जसमा ५३९ जना महिला र ६ हजार ६३८ जना पुरुष छन् । मन्त्रालयका अनुसार संक्रमितहुने जिल्लाहरु ७३ रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ९ जना पुरुष उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११६७ पुगेको छ। जसमा महिला ११२ र १ हजार ५५ जना पुरुष छन् ।
अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।
आज प्रदेश नं २ र ५ मा सर्वाधिक संख्यामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
यसअघि मंगलबार (हिजो) ३८० जनामा कोरोना संक्रमण देखिएको थियो । आइतबार र सोमबार भने संक्रमितको संख्या क्रमश ४२५ जना र ४५१ जना थियो ।
त्यसैगरी देशका बिभिन्न अस्पतालका आईसोलेसना ५ हजार ९९० जना उपचाररत छन्।