काठमाडौं , ३ साउन
नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।