कोरोना लकडाउन र क्यान्सर रोग

✍️ डा. अरुण शाही ,क्यान्सर रोग विशेषज्ञ , पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान

कोरोना लकडाउन र क्यान्सर रोग सम्बन्धित तपाईंको जानकारीको लागि आजसम्म उपलब्ध सोध र अनुसन्धानको प्रमाणहरुको आधारमा निम्न बुद्दाहरुमा ध्यान पुर्याउनु पर्दछ।

_समाजिक  दूरीको अनुसरण गर्नुपर्छ र सकेसम्म घरभित्रै बस्नुपर्छ ।

– केमोथेरापी लिइरहेका क्यान्सरका बिरामीलाई विभिन्न संक्रमणलगायत कोरोना भाइरसको उच्च जोखिम हुन्छ । किनकी सामान्य रोगभन्दा क्यान्सरका बिरामीको प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ ।

–वृद्धवृद्धा, रगतको क्यान्सर भएका तथा बोनम्यारो प्रत्यारोपण गरेका बिरामीलाई कोरोनाको प्रकोपको अवधिमा संक्रमणको जोखिम उच्च हुन्छ ।

– यतिबेला आफूले देखाइरहेको क्यान्सर रोग विशेषज्ञ (अंकोलोजिष्ट)को परामर्शमा प्यालिएटिभ किमोथेरापीमा ढिलाई गर्ने हो कि भनेर विचार गर्नुपर्छ । क्यान्सर बढ्ने र कोरोना भाइरस संक्रमणको जोखिमबीचको सन्तुलनका आधारमा केमोथेरापी जारी राख्ने, रोक्ने वा ढिलाइ गर्ने विषयमा आफ्नो अंकोलोजिस्टसँग छलफल गर्नुपर्छ । फोन, इमेल, भाइबर वा ह्वाट्स एपबाट परामर्श लिन सकिन्छ । बाहिर निस्कन जोखिम भएकाले अंकोलोजिस्ट वा अन्य चिकित्सकका साथै अनावश्यक भेटघाट स्थगित गर्नुपर्छ ।

– केमोथेरापी जारी राख्ने विचार गर्नुभएको छ भने आइलाग्ने जटिलता र जोखिमको बारेमा राम्ररी बुझ्नु जरुरी छ ।

– यतिबेला रेस्टुराँ, सार्वजनिक यातायात, क्लिनिक तथा अस्पतालको पर्खाइ कक्षबाट टाढै रहनु वेश हुन्छ ।

– इम्युनो, टार्गेटेड, एन्टि–एजियोजेनिक, मेन्टिनेन्स थेरापी उपचारमा संलग्न बिरामीको हितमा आफ्नो अंकोलोजिस्टसँग परामर्श लिएर उपचार रोक्ने वा नियमित जारी गर्ने निर्णय केस–टु–केसका आधारमा गर्नुपर्ने हुन्छ ।

– पल्मोनरी फंक्सन टेस्ट, ब्रोन्कोस्कोपी, इन्डोस्कोपी, दन्त मूल्यांकन जस्ता जाँचहरु विरामी एवं स्वास्थ्यकर्मीबीचको सल्लाहमा जोखिम÷लाभ अनुपातको हिसाब गरेर गर्नुपर्छ ।

– संभावित कोरोना इन्फेसन संक्रमणको लक्षण (अधिक ज्वरो, घाँटी दुखाई, खोकाइ र सास फेर्न गाह्रो) देखिए आफूले उपचार गराइरहेको चिकित्सक र स्थानीय सरकारी स्वास्थ्य अधिकारीलाई जानकारी गराउनुपर्छ ।

– यसको प्रकोपबाट बँच्न साबुन पानीले हात मिचिमिची धुनुका साथै व्यक्तिगत सुरक्षाका नियमको पालना गर्नुपर्छ । सरकार तथा स्थानीय अधिकारीले दिएका सबै निर्देशन र सिफारिसको पालना गर्नुपर्छ ।

माथिका सल्लाह तथा सुझाव अस्थायी तर संभावित जीवन बचाउने उपाय हुन् । यसलाई कोरोना भाइरसको प्रकोप नियन्त्रण नगरेसम्म अनुसरण गर्न जरुरी छ ।

Next Post
ADVERTISEMENT