काठमाडौं ,४ जेठ
नेपालमा कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भएको छ। बाके एक क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया व्रीफिङमा मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले बाकेका २५ वर्षका पुरुषको क्वारेन्टाइनमा भएको मृत्यु कोरोनाको कारणले भएको पुष्टि गरे। नेपालमा अहिलेसम्म कोरोना सन्क्रमितको संख्या २९२ पुगेको छ। निको भइ घर फर्किनेको संख्या ३६ रहेको छ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।