Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चौतारा अस्पताल गुणस्तर सुधार न्यूनतम मापदण्ड कार्यान्वयनमा बागमती प्रदेशमै उत्कृष्ट

Nam Raj Bhatta by Nam Raj Bhatta
February 28, 2025
in News
Reading Time: 1 min read
A A
0
चौतारा अस्पतालको नयाँ भवन बनेपछि बिरामीको चाप
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

सिन्धुपाल्चोक, १६ फागुन २०८१

चौतारा अस्पताल गुणस्तर सुधार न्यूनतम मापदण्ड कार्यान्वयनमा ९३ अंक प्राप्त गरी बागमती प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले चौतारा अस्पतालको अनुगमनपछि उक्त नम्बर दिँदै प्रदेश भरकै उत्कृष्ट  अस्पताल घोषित गरेको हो। अस्पतालले माद्यमिक ‘ए’ लेबलको अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयन एमएसएसको सूचाङ्क अनुसार १०० प्रतिशतमा ९३ प्रतिशत ल्याउन सफल भएको थियो। निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमनका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल सहितको समितिले अनुगमन गर्दा अस्पतालको सेवामा उल्लेख्य सुधार रहेको र सेवा प्रवाह मापदण्ड कार्यान्वयनमा उत्कृष्ट रहेको पाइएको हो।

अस्पतालले गर्ने नियमित काम उपचारलगायतको विषयमा अध्ययन अनुगमनका आधारमा चौतारा अस्पताल उत्कृष्ट घोषित भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । सेवा प्रवाहलाई कमजोर हुन नदिन डा. झाले अनुरोध समेत गरे ।

अस्पतालको निमित बैठक बस्ने, दैनिक बिहानी छलफल, विद्युतिय हाजिर अनिवार्य, बिरामीको लागि टोकनको व्यवस्था, सूचनापाटीमा सूचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाइट निर्माण गरी सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान  लगायत  अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रमणी भण्डारीले नियमित सेवामा जनरल ओपिडी सेवा, हाडजोर्नी, दन्त सेवा, सर्ने नसर्ने रोगको सेवा, प्रसूति सेवा लगायतका उपचार दिँदै आएको बताउनु भयो। डा. भण्डारीका अनुसार सुरुमा १५ शैयाको अस्पताल प्रादेशिक अस्पताल भएसँगै बागमती प्रदेश सरकार मन्त्रीपरिषद् तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० शैयाको भएको थियो। अहिले सो अस्पतालले ६२ शैयाबाट सेवा दिँदै आएको छ। अस्पतालले केही समयअगाडिबाट डायलासिस सेवा पनि उपलब्ध गराउँदै आएको छ।

अस्पतालले क्षयरोगको औषधी वितरण, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा एकाइ, स्वास्थ्य बिमा सेवा लिने स्थान, पालो कुर्ने स्थानलगायतका प्रबन्ध गरेको डा. भण्डारीले बताए। महिनामा करिब तीन हजार जना बिरामीले ओपिडी सेवा लिने गरेको तथ्याङ्क छ। विशेषज्ञ डाक्टरसहित ६३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल १६ जना डाक्टर कार्यरत रहेका छन्।

Tags: #government of Nepal#Health and population ministryChautara Hospital SindhupalchokDr. Rudra Bhandari
SummarizeShare235ScanTweet147

Related articles

नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

by Nam Raj Bhatta
July 22, 2026
0

कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो—आमालाई कसरी अस्पताल पुर्याउने ? सडकको अभाव, एम्बुलेन्स नहुनु, स्वास्थ्य संस्था टाढा हुनु र घरमै सुत्केरी गराउने...

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी  विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

by Nam Raj Bhatta
July 21, 2026
0

शनिबार बानेश्वरस्थित लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर (LDDC) द्वारा असार २७ गते आयोजित निःशुल्क कलेजो तथा पाचन रोग स्वास्थ्य शिविरबाट १५० भन्दा बढी बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य...

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

by Nam Raj Bhatta
July 21, 2026
0

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले...

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा
  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.