Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

चौतारा अस्पतालको नयाँ भवन बनेपछि बिरामीको चाप

Nam Raj Bhatta by Nam Raj Bhatta
July 23, 2024
in News
A A
0
चौतारा अस्पतालको नयाँ भवन बनेपछि बिरामीको चाप
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

सिन्धुपाल्चोक, ८ साउन २०८१

चीन सरकारले १८ महिनाको अवधिमै बनाइदिएको सुविधासम्पन्न नयाँ भवनमा सरेपछि चौतारा अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ।

भूकम्पपछि आठ वर्ष प्रिफ्याबमा बसेर उपचार गर्दा न डाक्टर खुसी थिए, न विरामी । ठूलो वर्षा र हावाहुरी आउँदा उपचार सेवा नै रोकिन्थ्यो। तर, अहिले परिस्थिति फेरिएको छ। बिरामीले तुरुन्तै उपचार सेवा पाउँछन् । सफा अस्पताल, सेवामा प्रतिवद्ध चिकित्सक र कोठैपिच्छे राखिएका उपकरणले उपचारका लागि आउने बिरामीले सन्तोषको सास फेर्ने गर्छन्।BirMi scaled

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले बिरामीका लागि तय गरेको टोकन प्रणाली, उपचारपूर्व गर्ने व्यवहार र सबै सेवामा परिवर्तन गरेर उपचारमैत्री वातावरण बनाएकाले विरामीको आधा रोग अस्पतालभित्र प्रवेश गरेको केही समयमा निको हुने बताउनु भयो।FB IMG 1721718086974

डा. भण्डारीका अनुसार नयाँ अस्पतालमा छिर्दा कुनै सुविधासम्पन्न प्राइभेट र विदेशी हस्पिटलमा गएर उपचार गरेजस्तै अनुभव सरकारी अस्पतालमा बिरामीले गरेका छन् । प्रत्येक बिहान सवा ९ बजे चिकित्सकसहित महत्त्वपूर्ण स्टाफको बैठक हुन्छ । इमर्जेन्सी र वार्डमा रहेका विरामीलाई २४सै घन्टा निगरानी गर्न चिकित्सकको समूह बसिरहन्छन् ।

अहिले नयाँ भवन ३९ कोठाको छ। पानी, बिजुली, सञ्चार र साधनको राम्रो व्यवस्थापन भएकाले उपचारमा आउने बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल सफल भएको छ। बागमती प्रदेशबाट स्वीकृत ५० शग्यामा राखेर विरामीको उपचार हुन्छ। इमर्जेन्सी, जनरल ओपिडी, हाडजोर्नी, फिजियोथेरापी, ल्याब, एक्सरे, भ्याक्सिनेसन, क्षयरोग र एचआइभीको उपचारकक्ष भुइँतलामा राखिएका छन्। जनरल वार्ड, प्रसूति, अप्रेसन, बालरोग उपचार, फोटोथेरापी पहिलो तलामा राखिएका छन् । दोस्रो तलामा दुइटा अप्रेसन कक्ष, प्रोग्राम हल र पुस्तकालय छन् ।IMG 20240723 130006 259 scaled

अस्पतालमा सबै सिस्टम नयाँ र प्रविधियुक्त छ। नयाँ उपकरणले उपचारमा गुणस्तरीयता प्रदान गरेको छ। यति हुँदाहुँदै पनि मेन्टेनेन्स खर्च, कर्मचारी र बजेट पर्याप्त छैन।

प्रदेश सरकारबाट प्राप्त बजेटले गुणस्तरीय उपचार प्रदान गर्ने हाम्रो निरन्तर अभियान कठिन भएको डा. भण्डारीको गुनासो छ।

‘स्वास्थ्य बिमा भए‌का दुई सय बिरामीले दैनिक जनरल ओपिडी सेवा लिन्छन् । मासिक ३१ सयले जनरल ओपिडी सात सयले इमर्जेन्सी सेवा लिन्छन्,’ डा. भण्डारीले भने, ‘बढीजसो दम, रलचार, मधुमेह र पेटसम्बन्धी समस्या भएका बिरामी आउँछन्। साप्ताहिक रूपमा मानसिक रोगीलाई दुईपटक नाक, कार, घाँटीका विरामीलाई एकपटक उपचार सेवा प्रदान गरिदै आएको छ।

जिल्लाको मध्यभागमा रहेको चौतारा अस्पतालम चौतारा साँगाचोकगढी, इन्द्रावती, बलेफी, जुगल र पाँचपोखरी धांपालबाट उपचार लिन आउँछन् । आइसियू जटिल रोगको अप्रेसन र इमर्जेन्सीमा आउने १५ प्रतिशत बिरामीलाई रेफर गर्नुपर्ने अवस्था अझै विद्यमान छ।

Tags: #government of Nepal#Health and population ministryChautara Hospital SindhupalchokDr. Rudra Bhandari
Nisarga hospital Dhangadhi
Previous Post

ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि #Cholera

Next Post

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण गर्न सफल

Related articles

पाल्पा जिल्ला अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र पौडेल
News

पाल्पा जिल्ला अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र पौडेल

1 hour ago
783
जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर सम्पन्न
News

जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर सम्पन्न

16 hours ago
790
चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त
News

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त

2 days ago
952
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु
News

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु

3 days ago
781
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking
News

पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

3 days ago
788
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा
News

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा

5 days ago
795
Next Post
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण गर्न सफल

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण गर्न सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,109)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...