Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गण्डकी प्रदेशमै पहिलोपटक चरकमा डा. अनिलको नेतृत्वमा ‘ओपन हर्ट सर्जरी’

Nam Raj Bhatta by Nam Raj Bhatta
August 20, 2023
in News
Reading Time: 1 min read
A A
0
गण्डकी प्रदेशमै पहिलोपटक चरकमा डा. अनिलको नेतृत्वमा ‘ओपन हर्ट सर्जरी’
610
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

पोखरा, ३ भाद्र २०८०

गण्डकी प्रदेशमै पहिलोपटक चरक मेमोरियल अस्पतालमा डा. अनिल भट्टराईको नेतृत्वमा ओपन हर्ट सर्जरी गरिएको छ ।

पोखराको नागढुंगा स्थित रहेको अस्पतालमा एक साताअघि गरिएको बिरामी डिस्चार्ज हुने बेलाको खुशीयालीसँगै अस्पतालले प्रेस मिट गरी ओपन हर्ट सर्जरीबारे जानकारी दिएको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्राध्यापक डा. अनिल भट्टराईको नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नंं २०, भलामका ४५ वर्षीय विष्णु गौतमको मुटुको ओपन हर्ट सर्जरी सफलतापूर्वक गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिनुभयो।

राजधानी काठमाण्डौबाहेक चितवन, बिराटनगर, धरानमा सुरु भइसक्दा पोखरामा हुन सकेको थिएन । चरकले ३ करोडको प्राविधिक उपकरण जडानगरेसँगै पोखरामा पनि सम्भव भएको हो । साउन २६ गते सर्जरी गरिएका बिरामी गौतम आइतबार डिस्चार्जसमेत हुँदैछन् । उनको मुटुको स्वास्थ्यअवस्था अहिले राम्रो छ ।

डा. भट्टराईका अनुसार गौतमको मुटुको दुई ठूला नसा ब्लक भएको थियो । हात र घाँटीको नसा मुटुमा हालेर सर्जरी गरिएको हो । अप्रेसन अवधि करिब ३ घण्टा लागेको थियो । पोखराका विभिन्न अस्पतालमा ट्रान्सक्याथेटर एओर्टिक भल्व इम्प्लान्टेसन (टिएभिआई) लगायत प्रविधिबाट मुटुको उपचार गरिँदै आएपनि छाति छिरेर अर्थात् ओपन हर्ट सर्जरी भने पहिलो पटक भएको हो ।

अब पोखरामै ओपन हार्ट सर्जरी सेवा सुरु भएकाले सर्जरी गर्न काठमाडौं जानुपर्ने बाध्यता हटेको डा. भट्टराईले बताए । चरकले इक्यूपमेन्ट जडान गरेपनि पूर्ण सर्जरीका लागि काठमाण्डौबाटै चिकित्सकीय टीम भने ल्याउनुपर्ने बाध्यता छ । अहिले पोखरामा एक जना मात्र यस सर्जरीका लागि सर्जन छन् । डा. भट्टराईको नेतृत्वमा डा. कृष्णप्रसाद बस्याल, डा. अर्जुन गुरुङ र डा. मणीन्द्र बस्नेत सामेल थिए । Dr. Anil Bhattarai

चरकमा पहिलो सर्जरी भएकाले निःशुल्क गरिएको अस्पतालले जनाएको छ । ओपन हार्ट सर्जरीका लागि अवस्था गरी खर्च लाग्ने चिकित्सकहरु बताउँछन् । सर्जरीका लागि सामान्यतया ५/६ लाख लाग्ने पनि डा. भट्टराईले बताए । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा मात्र मुटुका बिरामीले विपन्न शीर्षकमा १ लाख रुपैयाँ सहयोग पाउने तर अन्य ठाउँमा नपाइने भएपनि पोखराको चरकमा त्यो सुविधा शुरु भएको एमडी पोखरेलले बताए ।

ओपन हर्ट सर्जरीका लागि १ महिनाअघि नेपाल सरकारबाट स्वीकृत लिई आवश्यक सामाग्री जडान गरिएको पोखरेलले बताए । ‘हामी सर्जरीका लागि तयार भएका छौं । अब सबै तयार छौँ, सर्जरीका लागि काठमाण्डौका चिकित्सकसँग समन्वय गरेर सबै सर्जरी यहीँ गर्न सक्षम छौँ ।’ पोखरेलले भने ।

अस्पतालका एमडी पोखरेलका अनुसार ओपन हार्ट सर्जरी भनेको बिरामीलाई तुरुन्तै गर्नुपर्ने होइन, योजना बनाएर गर्नुपर्ने भएकाले चिकित्सकहरुलाई पोखरा डाक्न सकिने सुनाए । डा. भट्टराईले भने पोखरामै आवश्यक जनशक्ति पोखरामा विकसित हुँदै जाने विश्वास व्यक्त गरे ।Charak memorial hospital

पोखरामै ओपन हर्ट सर्जरी सफल हुँदा विष्णुकी पत्नी रीता गौतमले खुसी व्यक्त गरिन् । ‘उहाँ (श्रीमान) बिरामी भएपछि गण्डकी अस्पताल, मणिपाल लगे । त्यसपछि चरकमा १ महिनाअघि ल्याएका हौं । अस्पतालको खर्च सबै अस्पतालले व्यहोरेको हो,’ उनले भनिन्, ‘काठमाडौं जानुपरेको भए धेरै खर्च लाथ्यो होला । यहाँ खर्च पनि भएन, आफ्नै ठाउँ दुःख पनि भएन ।’ साउदी अरबमा केही वर्ष बिताएर फर्किएपछि विष्णुलाई मुटुको समस्या देखिएको थियो ।

नेपालमा अहिले ओपन हर्ट सर्जरी नै बर्षेनी २ हजार, २५ सय को हुँदै आएको डा. भट्टराईले सुनाए । कार्डियोलोजीको इन्टर भेन्सन सहित वर्षमा ६ /७ हजार मुटुको उपचार हुने गरेको उनको भनाई छ।

Tags: Charak Memorial HospitalCorona Virus #Covid19Dr. Anil BhattaraiOpen heart surgeryPokhara
SummarizeShare251ScanTweet150

Related articles

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

by Nam Raj Bhatta
October 14, 2026
0

नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्‍याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई...

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक

by Nam Raj Bhatta
October 13, 2026
0

आत्महत्याको जोखिम समयमै पहिचान गरी जोखिममा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरिएको छ।...

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न

by Nam Raj Bhatta
October 13, 2026
0

विश्व बाथरोग दिवस २०२६ को अवसरमा र्‍युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौंको आयोजनामा बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्‍याली सम्पन्न भएको छ। ‘Achieve Your Dreams – आफ्ना सपनाहरू...

पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

by Nam Raj Bhatta
October 13, 2026
0

पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने विश्वका प्रभावशाली शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूचीमा समावेश भएका छन्। स्ट्यानफोर्ड–एल्सेभियर सूची...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    885 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित
  • आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक
  • विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न
  • पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.