Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बन्यो चाँगुनारायण

Nam Raj Bhatta by Nam Raj Bhatta
May 1, 2024
in News
Reading Time: 1 min read
A A
0
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बन्यो चाँगुनारायण
595
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

भक्तपुर, १९ बैशाख २०८१

चाँगुनारायण नगरपालिकाले वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना सार्वजनीक गर्दै पहिलो नगरपालिका बन्न सफल भएको छ । नगरपालिकाको हेल्मेड डाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्रीले वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गर्नुभएको हो ।

देशभरका ७५३ वटा पालिकामध्ये चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाउने पहिलो नगरपालिका हो । नगरपालिकाले कार्ययोजना निमार्णका लागि नगर प्रवक्ता जनक खत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले सरोकारवालाहरुसँग ब्यापक छलफल गरि तयार पारिएको सार्वजनीक गरिएको हो ।

नगर प्रमुख खत्रीले नेपालको संविधान २०७२ को धारा ३० ले सबै नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे बमोजीम चाँगुनारायण नगरपालिकालाई नमूना नगरपालिका बनाउने अभियान अन्र्तगत वायु गुणस्तर सुधारको लागि पहिलो चरणमा वायू गुणस्तर योजना निर्माण गरी कार्यान्वयनको चरणमा अगाडि बढेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले कुनै पनि योजना वा कार्ययोजना छनौट वा निर्माण गर्दा नागरिकको सहभागिता अनीवार्य हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नगरपालिकाले वायू गुणस्तर कार्ययोजना निर्माणको क्रममा समेत आम नागरिकको सहभागिता कार्ययोजना निर्माण गरिएको बताउनुभयो ।Churamani panthi

नगरपालिकाकाको २०७९ पुष महिनाको २४ गतेको १६ औं कार्यपालिका बैठकको निर्णय अनुसार वायु गुणस्तर ब्यवस्थापन योजना लागि पाँच सदस्यीय कार्यदल गठन भई कार्य प्रारम्भ गरेको र कार्यदलले विभिन्न चरणमा नागरिक सञ्जाल, ईट्टा उद्योग ब्यवसायी, फोहोरमैला संकलन तथा ब्यवस्थापन गर्ने सेवा प्रदायक संस्था, सार्वजनिक यातायात ब्यवसायी, विद्यालय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र विषयगत शाखा लगायत सरोकारवाला ब्यक्ति तथा संस्थाहरुसँग बैठक, समूहगत छलफल र अन्र्तक्रिया लगायतका कार्य गरी जनस्तरबाट राय सुझाव संकलन गरेर कार्ययोजना निर्माण गरिएको मेयर खत्रीले स्पष्ट पार्नुभयो ।

चाँगुनारायण नगरपालिका क्षेत्रको वायू गुणस्तर सुधारको लागि यूएसएआईडी स्वच्छ हावा परियोजना र वातवारण तथा जनस्वास्थ्य संस्था एन्फोको सहयोगमा नगरपालिकाको वायू गुणस्तर योजना २०८० तयार पारिएको हो । नगरपालिकाले तीन वर्षे वायू गुणस्तर योजनालाई कार्यान्वयन गर्न आफ्नो आन्तरिक स्रोत साधनको साथै सहयोगी संघंस्थाहरुको सहयोगलाई समेत जोडेर योजना कार्यान्वयनको चरणमा अगाडि बढ्नेछ ।

त्यस्तै, नगर प्रमुख खत्रीले सरसफाई नै सभ्यता हो, यही भावना जगाऔं, सबै मिली चाँगुनारायणलाई हराभरा बनाऔं भन्ने नारालाई सार्थक बनाउन योजना कार्यान्वयन गरी स्वच्छ र सफा नगरपालिका बनाउने अभियानमा सबै सरोकारवालाहरुको सक्रिय सहभागिताको लागि आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वायू गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बन्दा आफू अत्यन्तै खुसी भएको बताउनुभयो । प्रशासकीय प्रमुख पन्थीले खानेपानी, वातावरण र फोहोरमैला ब्यवस्थापनमा नगरपालिकाले ब्यापक छलफल गरेर अगाडि बढिरहेको बताउनुभयो । उहाँले

वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले चाँगुनारायण नगरलाई स्वच्छ हराभरा बनाउने अभियानमा जनप्रतिनिधिहरु एकढिक्का भएर लागिरहेको बताउनुहुँदै स्वच्छ हावा परियोजना कार्यान्वयनमा सबै लाग्नुपर्ने खाँचो औल्याउनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बिर बहादुर खडका, कार्यपालिका सदस्य कमला गिरी भारती, भक्तपुर ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बा, नेप्सेम्याक भक्तपुर शाखा प्रमुख बाबुराम चौलागाई, एन्फो प्रोजेक्ट कोअर्डिनेटर सृजना शाक्य, प्रोजेक्ट म्यानेजर जयश्री राजभण्डारी, स्वच्छ हावा संजाल चाँगुनारायण नगरपालिका अध्यक्ष रवीता कार्कीलगायतले मन्तब्य राख्नु भयो ।

सो अवसरमा चाँगुनारायण नगरपालिकामा पहिलो पटक दर्ता भएको संस्था स्वच्छ हावा संजाललाई दर्ता प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

चाँगुनारायण नगरपालिकाका स्वच्छ हावा कार्यक्रम संयोजक सुरन्द्र लामिछानेले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुसहित जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा सरोकारवाला निकाय र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Tags: #government of Nepalchagunarayan municipality BhaktapurEnvironmental pollution
SummarizeShare243ScanTweet147

Related articles

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

by Nam Raj Bhatta
September 26, 2026
0

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा...

बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

by Nam Raj Bhatta
September 26, 2026
0

दुखाई व्यवस्थापन तथा न्युरोलोजिकल रोगको उपचारमा बोटुलिनम टक्सिनको बढ्दो प्रयोग, यसको वैज्ञानिक आधार, सुरक्षित प्रयोग तथा आधुनिक इन्जेक्सन प्रविधिबारे काठमाडौंमा विशेष प्रि–कन्फरेन्स वर्कसप सम्पन्न भएको छ। NASPCON 2026...

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
September 25, 2026
0

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) को निदान भएपछि आवश्यक मूल्याङ्कन तथा तयारीपश्चात् Right-sided Burr Hole...

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

by Nam Raj Bhatta
September 24, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले विश्व फार्मेसी दिवसको पूर्व सन्ध्यामा Empowering Pharmacists for Healthier future " नारा सहित एक दिवसिय सेमिनार भव्य रुपमा सम्पन्न गरेको छ ।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना
  • भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न
  • विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न
  • उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.