बुटवल उपमहानगरपालिकामा वडा नं ४ का वडाध्क्ष पराजुलीबाट राहत बितरण सुरु

बुटवल : चैत १६, २०७६

बुटवल उप-महानगर पालिकामा वडा नं ४ का वडाध्क्षय टंक प्रसाद पराजुलीले असक्त असहाय मजदूरलाई आज देखी राहत बितरण शुरू‌ गर्नुभएको छ। बुटवल उप महानगर्पालिका वडा नम्बर ४, को कन्चन टोलबाट सरू गरिएको हो ।

आफ्नो वडामा रहेका टोल बिकास समितिसंग समन्वयन गरि असत्त र असहाय मजदूरको विवरण तयार पारिएको वडाध्क्ष टंक पराजुलीले बताउनु भयो।

यस कार्यले आफ्नो बडामा निरन्तरता पाउने साथै वार्ड नं ४ भित्र रहेका संघ संस्था क्लब ब्यक्ति बिशेष उद्योगी व्यापारीहरु ले असक्त असहाय मजदूरहरुलाई आर्थिक तथा जिन्सी सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कृपया वार्ड कार्यालय ले यस्तो व्यवस्थापन गर्न तैयार रहेको कुरा गराउनुभयो। यस विपदको समयमा यस्ता उदाहरणीय कार्य अरू जनप्रतिनिधिलेपनि सिक्न आवश्यक छ।

बिश्वब्यापी महामारी फैलिएको बेला सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्नु उचित रहन्छ। गरीब तथा असहायहरुले यस्तो विषम परिस्थितिमा भोकमरीबाट सहयोग गर्नु ठूलो धर्म हुनेछ भनी पराजुलीले बताउनु भयो।

Next Post
ADVERTISEMENT