Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बागलुङको बुर्तिबाङमा ५० शैयाको अस्पताल सञ्चालन

Nam Raj Bhatta by Nam Raj Bhatta
December 28, 2024
in News
Reading Time: 2 mins read
A A
0
बागलुङको बुर्तिबाङमा ५० शैयाको अस्पताल सञ्चालन
596
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बागलुङ, १३ पुष २o८१

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल सञ्चालन गरेको छ ।

गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन सर्वेक्षण गरेर जनशक्ति समेत थप गरी अस्पताल सञ्चालन गरेको हो । अस्पताल सञ्चालन सँगै बागलुङका जनतालाई स्वास्थ्यमा सहज पहुँच पुग्ने भएको छ ।opening

अस्पतालमा शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकको स्वास्थ्य सेवा रहेको बताए । उनले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले यस वर्ष आफ्नै स्वामित्वमा रहने गरी बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपललाई ५० शैयाको  अस्पतालको रूपमा विकास गर्ने निर्णय गरेको बताए । यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्यय थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वतः बढ्ने पाण्डेको भनाइ छ ।Ssagat dr. Navindta

२०६७ सालमा तत्कालीन बागलुङ जिल्ला अस्पताललाई धौलागिरि अञ्चल हुँदै प्रादेशिक अस्पताल विकसित गरिएसँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल सरहको सेवा-सुविधाको रूपमा विकास गर्ने योजना रहेको थियो । अस्पतालको रूपमा विकास गर्ने गरी पूर्वाधार निर्माणको काम भए तापनि अस्पतालको रूपमा विकास हुन सकेको थिएन । अस्पताल नहुँदा जनताले पाउनुपर्ने निःशुल्क उपचार, औषधि, २४ घन्टे सेवा, ओपिडी, इमर्जेन्सी सेवा कटौती भएका थिए ।burtibang hospital

अस्पतालमा झन्डै १० वर्ष पहिलेदेखि नै शल्यक्रियामार्फत सुरक्षित सुत्केरी सेवा प्रदान गरिँदै आएको थियो । अहिले यसलाई थप व्यवस्थित गरेर इमर्जेन्सी र ओपडी दुवै गरेर थप सेवाहरू विस्तार भइसकेको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. नवीन्द्र ढकालले जानकारी दिनुभयो। ‘पूर्वाधार सहित भिडियो एक्सरे देखि प्रसूति सेवामा अप्रेसन पनि सञ्चालनमा आइसकेको छ,’ डा. ढकालले भने, ‘डिजिटल तथा पूर्ण अटोमेटिक ल्याब पनि बनिसकेको छ ।’ यहाँ १० वर्षअघि नै पर्याप्त पुग्ने गरी भवन बनाएको थियो ।Dr. Nabindra

डा. ढकालका अनुसार अस्पताल नबन्दै यहाँ वार्षिक सात सयजनाले त सुत्केरी सेवा मात्रै लिएको तथ्यांक रहेको छ । अस्पतालमा दैनिक तीन सयजनासम्म उपचारका लागि आउने गरेका छन् । बाल रोग विशेषज्ञसमेत रहेका ढकाललगायत एकजना एमडिजिपी डाक्टर पनि कार्यरत रहेका छन् । अस्पतालले दाँत, आँखा उपचार, भिडियो एक्सरे, क्षयरोगको जिन एक्स्पर्ट सेवासमेत दिन थालिसकेको छ । डा. ढकालका अनुसार यहाँ मासिक २० वटासम्म अप्रेसन भइरहेका छन् । हरेक वर्ष ८० भन्दा बढी पोस्टमार्टमसमेत यहाँ भएको छ ।Puruskar

ओपिडी, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवाजस्ता काम पनि नियमित सञ्चालन भएको छ । यहाँ स्वास्थ्य सेवा नपाए स्थानीयहरू सदरमुकाम बागलुङ बजार पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता छ । यहाँ रक्तसञ्चार सेवाका लागि पनि तयारी गरिएको छ ।

मध्यपहाडी लोकमार्ग बागलुङमा मात्रै १४२ किलाेमिटर छ । उक्त खण्डमध्ये झँडै ८० किलाेमिटर खण्डको सेवा क्षेत्र पनि बुर्तिबाङ हो । यहाँ दुर्घटनाका बिरामी पनि धेरै आउने भएकाले रक्तसञ्चार सेवा अति आवश्यक रहेको गण्डकी प्रदेश सभा सदस्य द्रोण कुँवर बताउँछन् । सदरमुकामदेखि ९० किलाेमिटर पश्चिमको बुर्तिबाङमा अस्पताल अतिआवश्यक भएकोमा ढिला गरी सेवा प्रदान गर्न पाउँदा यस क्षेत्रका जनतामा खुसियाली छाएको कुँवर बताउँछन् ।

सदरमुकामदेखि ९० किलाेमिटर पश्चिमको बुर्तिबाङमा यो अस्पताल पश्चिम बागलुङका नागरिककाे पहिलो आधार भएका कारण आगामी दिनमा यसलाई अझै व्यवस्थित गरिने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । मध्यपहाडी लोकमार्गको छेउमै पर्ने अस्पताललाई आगामी दिनमा आउन सक्ने समस्यालाई मध्यनजर ट्रमालगायत सेवालाई प्राथमिकता राख्ने पाठक बताउँछन् ।

बुर्तिबाङबाट सामान्य उपचारका लागि पनि पाल्पा र बुटवल जाने समस्या अस्पताल स्थापनाले हटेको स्थानीयको भनाइ छ । हालसम्म ढोरपाटन नगरपालिकाको स्वामित्वमा रहेको अस्पताल अबदेखि गण्डकी प्रदेश सरकारमातहतमा रहने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भूमिश्वर शर्माले जानकारी दिए।

Tags: #government of NepalBurtibang hospitalDr. Navindra Dhakal
SummarizeShare238ScanTweet149

Related articles

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
September 25, 2026
0

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) को निदान भएपछि आवश्यक मूल्याङ्कन तथा तयारीपश्चात् Right-sided Burr Hole...

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

by Nam Raj Bhatta
September 24, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले विश्व फार्मेसी दिवसको पूर्व सन्ध्यामा Empowering Pharmacists for Healthier future " नारा सहित एक दिवसिय सेमिनार भव्य रुपमा सम्पन्न गरेको छ ।...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

by Nam Raj Bhatta
September 22, 2026
0

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न
  • विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न
  • उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता
  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.