बेलायतका प्रधानमन्त्रीलाई कोरोनाको संक्रमण

काठमाडौं चैत्र १४,

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री जोसेफले ट्वीट मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्रीले ट्वीटमा लेख्नुभएको छ कि मलाई पछिल्लो २४ घण्टामा मध्यम खालको कोरोनाको लक्षण देखिएको थियो र परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो म सेल्फ आइसोलेसनमा छु । अब म आइसोलेसनमै रहेर भिडियो कन्फ्ररेन्स मार्फत सरकारको काय कार्वाही गर्नेछु । उहाँले कोरोना विरुद्ध सबै एकजुट भएर लड्न अपिल गर्नुभएको छ ।

Next Post
ADVERTISEMENT