काठमाडौं, १२ चैत्र २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्तिको माग गर्दै कर्मचारी युनियनले ज्ञापनपत्र बुझाएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनले प्रतिष्ठानमा रिक्त पदाधिकारी नियुक्त गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो।
साथै पदाधिकारीहरु नियुक्ति गर्दा प्रतिष्ठान सेवाका प्रध्यापकहरु मध्येबाट र प्रतिष्ठान सेवाकै (वीर अस्पतालमा कार्यरत) चिकित्सक तथा कर्मचारीहरु मध्येबाट कम्तीमा पनि ५१ प्रतिशत पदाधिकारीहरु नियुक्ति गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।