Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कानुन बिपरित महँगो औषधी बेच्ने वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द

Nam Raj Bhatta by Nam Raj Bhatta
February 15, 2024
in News
Reading Time: 1 min read
A A
0
कानुन बिपरित महँगो औषधी बेच्ने वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द
588
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३ फागुन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महंगोमा औषधि विक्रिबितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराएको छ ।

वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो ।

विरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले औषधि व्यवस्था विभागका विज्ञहरु र मन्त्रालयका अधिकारी लिएर बिहीबार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पताल भित्र रहेका फार्मेसी र अस्पताल बाहिर नीजि स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरुको अनुगमन गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ टोली वीर अस्पताल पुगेको थियो ।

अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत आफू नै सहभागी हुनुभएको थियो। वीर लगायत अधिकांश सरकारी अस्पतालहरुले आफुले सञ्चालन गरेका फार्मेसीहरुमा विरामीलाई चाहिने औषधि उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीहरुसँगको कमिसनको मिलेमतोमा महंगोमा औषधि किनाउने गरेको गुनासो आए पनि आकस्मिक निरिक्षण गर्नु परेको मन्त्री बस्नेतले बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘वीर लगायतका सरकारी अस्पतालहरुका फार्मेसीमा विरामीलाई आवश्यक पर्ने औषधि नराख्नुको कारण पत्ता लगाएर समाधान खोज्न अनुगमन गरिएको हो । जनतालाई अस्पतालकै फार्मेर्सीबाट न्युनतम मूल्यमा सहज रुपमा औषधि उपलब्ध गराउनु पर्छ । कसैको मिलेमतो र कमिसनको चक्करमा विरामीले महंगोमा औषधि किन्नु पर्ने बाध्यता हटाउनु पर्छ । ’ अनुगमनको रिपोर्ट आएपछि वीर लगायत देशभरिकै सरकारी अस्पतालहरुमा सहज रुपमा अस्पतालकै फार्मेसीबाट औषधि उपलब्ध गराइने व्यवस्था गर्ने मन्त्री बस्नेतले बताउनुभयो ।

अनुगमनका क्रममा वीर अस्पताल भित्र सञ्चालनमा रहेका तीन वटै फार्मेसीमा आवश्यक औषधि फेला नपरेको अतिरिक्त सचिव डा. विकाश देवकोटाले बताए । भित्रै उपलब्ध हुने औषधिको लागि समेत बाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता रहेको विरामीहरुले गुनासो गरेका छन् । अस्पताल बाहिरका दुई वटा फार्मेसी निरीक्षण गर्दा भद्रगोल अवस्था देखेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयो । सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधि विक्रीबितरण गरिरहेको, म्याद गुज्रेका औषधि विक्रीवितरण गरिरहेको र औषधिको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको महानिर्देशक ढकालले जानकारी दिनुभयो । अन्य फार्मेसीहरुको पनि निरन्तर अनुगमन गरेर निर्णय लिइने ढकालले बताउनुभयो ।

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19
SummarizeShare237ScanTweet146

Related articles

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

by Nam Raj Bhatta
March 31, 2026
0

नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा  करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा...

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

by Nam Raj Bhatta
March 30, 2026
0

काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ। महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो। महानगरले निःशुल्क...

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

रुपन्देहीमा ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ हुने भएको छ । नेपाल भेटेरिनरी एशोसियसनको आयोजनामा नेपालमा पशु...

योग्यताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

नेपाल चिकित्सक संघको यसअघि रोकिएको निर्वाचनको नयाँ मिति आएको छ । चिकित्सक संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.