वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल अस्पतालमा ११औँ तहमा कार्यरत छन्।
बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. नेपाललाई निर्देशक पदमा नियुक्त गरेकी हुन् ।
त्यस्तैगरि अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता विसी नियुक्त भएका छन्।







