काठमाडौं ,५ कार्तिक २०७७
कोरोनाको उपचारमा खटिए वापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरुको धर्ना कायमै रहेको छ।
चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित भएका हुन्।
अस्थाई र करारका कर्मचारीले भाद्र महिना देखि तलब पाएका छैनन्। हामीले पटक पटक भन्दा पनि उनीहरुले बेवास्ता गरिरहेका छन्।’
पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै उनीहरुले अस्पतालका पदाधिकारीको राजीनामा माग गरेका छन्। उनीहरुले अस्पतालका न्याम्सका उपकुलपति, अस्पतालका डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको पदबाट राजीनामा माग गरेका हुन्।
आफ्ना माग पुरा नभएसम्म वा पुरा गर्न नसक्ने पदाधिकारीले पदबाट राजीनामा नदिएसम्म सोबारदेखि अस्पतालको सेवामा असर नपुग्ने गरी पदाधिकारी विरुद्धको आन्दोलन शुरु भएको छ। पदाधिकारीलाई दबाब दिनका लागि ब्यानर र पम्पलेट टासेँर धर्ना जस्ता कार्यक्रम गरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।
आन्दोलित कर्मचारीहरुले भने पिपिई, मास्क लगायत सुरक्षा सामग्री नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएका छौं।
उक्त ब्यानरमा कर्मचारीको एक शूत्रीय माग पूरा गर । सक्दैन भने पदाधिकारी अस्पतालमा हाजिर नगर ।। जस्ता नारा लेखिएका थिए।
यो धर्ना कर्मचारीहरुको माग पुरा नहुन्जेलसम्म जारी रहने समेत आचार्यले बताउनुभयो।
Comments 1