काठमाडौं, २३ बैशाख
देशकै सबैभन्दा जेठो वीर अस्पतालमा कोरोना परीक्षणका लागि चाहिने पिसिआर परीक्षण किट सकिंदा दुई दिनदेखि परीक्षण बन्द भएको छ । स्वास्थ्य मन्त्रालयमा एक साता देखि खबर गर्दा समेत नपुगेकोले काम रोकिएको वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताए । उनले भने वीर अस्पतालले पाएको किट मन्त्रालयकै अनुरोधमा ६ नं प्रदेशमा पठाएकाले अस्पतालमा कम परेको हो। डा.सेन्चुुुुरीका अनुसार: पिसिआर कीट केही दिन भित्र आउने बताए।
परीक्षण किट नहुँदा दैनिक रुपमा २० देखि २२ जनासम्मको काराेना परीक्षण हुँदै आएकोमा अहिले साे ठप्प भएको वीर अस्पतालकी प्याथोलोजी विभागकी प्रमुख डा. प्रतिभा विष्टले जानकारी दिइन्। वीरले जम्मा ४०० किट पाएकोमा त्यसमा पनि मन्त्रालयको अनुरोधमा २ सय किट पुन:उनीहरुकै प्रयोजनका लागि दिइएको थियो । कोरोनाको संक्रमण बढेका बेला झन धेरै व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने बेलामा किटको अभाव भएको छ, उनले भनिन्।
वीर अस्पतालमा ल्याबका लागि दक्ष जनशक्ति एवं मेशिन हुँदाहुँदै पनि किटको अभावमा परीक्षण रोकिनु अस्वभाविक भएको उनले बताईन।
वीर अस्पतालमा अहिलेसम्म १३९ जनामा पिसिआर कीट माध्यमबाट परीक्षण भएको छ। जसमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको डा.बिष्टले बताईन।