काठमाडौं, ३० चैत्र २०७९
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा भक्त हमाल निर्बाचित भएका छन् ।
वस्तुगत तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित हमाल केमसानमा राम्रो काम गरेको र नेतृत्वदायी भूमिका खेलेको भन्दै दोस्रो पटक अध्यक्ष बनेका हुन्। उनी मिलनसार र निर्णय लिन सक्ने व्यक्तिका रुपमा चिनिन्छन्। सन् २०१५ देखी २०१७ सम्म केमसानको अध्यक्ष रहेका उनी यसपटक पुन: नेतृत्वमा निर्विरोध निर्वाचित भएका हुन्।
स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवाका विषयमा उनी आवाज उठाउँदै आइरहेका छन्। हमाल सुदिप इन्टरनेशनल नामको सप्लायर्स कम्पनी मार्फत नेपालमा युरोप लगायतका मुलुकबाट स्वास्थ्यका सामग्री आयात गर्दै आइरहेका छन्। महासंघमा अब स्वास्थ्य क्षेत्रका विषयलाई प्राथमिकताका साथ उठान गर्ने हमालले बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासघको वस्तुगत तर्फको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको टिमको वर्चश्व देखिएकोछ। १४ जना सदस्यका लागि ८ जना उमेशलाल श्रेष्ठ प्यानलका विजयी भएका छन्।
उमेशको टिमबाट कमला श्रेष्ठ, सुबोध गुप्ता, नरेशलाल श्रेष्ठ, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्र प्रसाद प्रधान, हरिबहादुर कार्कि रहेका छन्। बरिष्ठ उपाध्यक्षतर्फ अर्का प्रत्यासी अन्जन श्रेष्ठको टिमबाट अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरि, राजकुमार कार्कि, शिबप्रसाद घिमिरे र शोभा ज्ञवाली रहेका छन्।