आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

बाजुरामा बालबालिकालाई वैशाख ४ बाट टाइफाइड विरुद्धको खोप लगाउन सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
April 17, 2022
in News
A A
0
बाजुरामा बालबालिकालाई वैशाख ४ बाट टाइफाइड विरुद्धको खोप लगाउन सुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाजुरा, ०४ बैशाख २०७९

सुदुरपश्चिम प्रदेश अन्तर्गत बाजुराका नौ वटै स्थानीय तहमा पन्ध्र महिना देखि पन्ध्र वर्ष सम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप वैशाख ४ गतेबाट लगाउन सुरु गरिएको छ ।

चैत २५ देखि वैशाख १८ गतेसम्म देश भरका सबै बालबालिकालाई खोप लगाइ सक्न जारी सरकारले निर्देशन गरेकाे हो।

नेपाल सरकारको २४ दिने खोप अभियान अन्तर्गत बाजुरामा बैशाख ४ देखि ८ गतेसम्म लगाउने स्वास्थ्य कार्यालय बाजुरका प्रमुख दया कृष्ण पन्तले बताएका छन् ।

पन्तका अनुसार खोप जिल्लाका नौ वटै स्थानीय तहमा एकसाथ लगाउन सुरु गरिएको हो । बाजुरामा ५९ हजार ३८ जना बालवालिकालाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालय बाजुराले लिएको छ ।

Press meet

खोप अभियान सञ्चालनका लागि बाजुरामा ३४८ वटा खोप केन्द्र राखिएका छन् । प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्य कर्मी र २ जना शिक्षकहरु स्वयम स्वय राखिएको छ । अभियानमा ३ सय ४८ जना स्वास्थ्य कर्मी र ६ सय ७६ जना स्वयम सेवक खटिएका छन् । खोप अभियानमा उत्साहजनक सहभागिता रहेको देखिएको छ । टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन सुरु गरिएको हो । अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ।

परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ । पछिल्लो अध्ययन अनुसार नेपालमा ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ । टाइफाइड रोगको संक्रमण सबै उमेरका समूहमा हुन्छ । संक्रमित हुने ६० प्रतिशत १५ बर्षमुनिका बालबालिकामा रहेको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो । विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र नेपाल हो।

टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो। जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ । सरकारले देश भरका १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ ।

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने आदि असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् ।खोप लगाए पश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्ने कार्यालय प्रमुख पन्तले बताउनुभयो।

यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ । तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।

Tags: Corona Virus #Covid19Daya Krishna PantHealth office bajuraTyaiphaiod
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

“सार्क क्षेत्रीय प्रतिभा पुरस्कार २०२२” बाट डा. जोशी सम्मानित

Next Post

अल्फा हेल्थ केयरले नयाँ वर्षको अवसरमा शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

Related articles

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

17 hours ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

1 day ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

2 days ago
471
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा
News

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

2 days ago
471
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 days ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

5 days ago
471
Next Post
अल्फा हेल्थ केयरले नयाँ वर्षको अवसरमा शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

अल्फा हेल्थ केयरले नयाँ वर्षको अवसरमा शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dadura awareness message Sudurpaschim
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...