Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिममा प्रत्येक महिना डेंगी संक्रमण देखिँदै

Nam Raj Bhatta by Nam Raj Bhatta
June 27, 2025
in News
Reading Time: 1 min read
A A
0
Dengue Fever Treatment

Dengue Fever Treatment

585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कञ्चनपुर, १३ असार २०८२

सुदुरपश्चिम प्रदेशमा गर्मी र वर्षातको समयमा मात्र देखिने  डेंगी बाह्रै महिना देखिन थालेको छ ।

जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगीको सङक्रमण बढ्दै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताउनु भयो ।

जोशीका अनुसार जलबायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको छ। तापक्रम र वर्षाको चक्रले डेंगीको जोखिमलाई बढाएको छ। पहिला गर्मी र वर्षाका बेलामात्र डेंगीको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेंगी सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ ।

लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेंगीको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको जोशीले बताए । सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेंगी सङ्क्रमण देखिएको उनले बताए।

जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेंगी सङ्क्रमण देखापरेको छ । सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेंगीको सङ्क्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेंगी सङ्क्रमण देखापरेको छ ।

बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेंगीका बिरामी देखापरेका छैनन् । एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेंगी सर्छ ।

पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेंगी सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको उल्लेख गर्दै उनले डेंगीलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्ने उनले बताए ।

जलवायु अनुकूल सरसफाइ रणनीति बनाई डेंगी सम्बन्धी चेतना र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा जोड दिनुपर्ने जोशी बताउँछन् ।

वर्षात्को समय सुरु भएकाले डेंगीको सङ्क्रमण तीव्र रूपमा बढ्नसक्ने भएकाले वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

डेंगी सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेंगीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ ।

गर्मी र वर्षातको समयमा डेंगी सङ्क्रमण फैलिने अत्यधिक सम्भावना हुन्छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने यसबेला जनचेतना र सरसफाइ अभियानलाई बढाउनु आवश्यक छ, सतर्कता अपनाउन सके डेंगीको रोकथाम गर्न सकिन्छ ।

Tags: Hem Raj joshiSudurpashchim Provinceडेंगी #Dengue
SummarizeShare234ScanTweet146

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.