Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २२
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
May 26, 2023
in News
A A
0
बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ जेठ २०८० 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालको संयुक्त आयोजनामा र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष, परिवार नियोजन संघ नेपाल र साझेदारी संस्थाहरुको सहयोगमा नेपालमा बृहत् यौनिकता शिक्षा सम्बन्धी दुई दिने पहिलो राष्ट्रिय सम्मेलन बिहीवार सम्पन्न भएको छ ।

मुलुकमा किशोर, किशोरी एवं युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउने लगायतका पाँच बुँदे प्रतिबद्धता राखेका छन्। दिगो विकास लक्ष्यहरू हासिल गर्न बृहत् यौनिकता शिक्षा लाई अगाडि बढाउँदै भन्ने नारा सहित शिक्षा र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजना एवं संयुक्त राष्ट्र जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ लगायतका गैर सरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब ३०० भन्दा बढी सरोकारवाला तथा युवाहरूको सहभागिता रहेको सम्मेलन सम्पन्न भएको हो ।

युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य एवं अधिकार प्राप्त गर्न बृहत्तर यौनिकता शिक्षा महत्वपूर्ण रहेको जनाउँदै सम्मेलनमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष का आवासीय प्रतिनिधि यङ्ग होङ्गले भनिन– ‘बृहत्तर यौनिकता शिक्षामा लगानी युवा उमेरको व्यक्तिहरूको एउटा पुस्तामा गरिने लगानी मात्र होइन, यसले सम्पूर्ण समाज अर्थतन्त्र का लागि सकारात्मक उपलब्धि समेत प्रदान गर्छ ।’Jamuna sitaula

२००७ सालमा नेपाल परिवार नियोजन संघले एक्लो प्रयासमा बृहत् यौनिकता शिक्षा लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने पैरवी गरेको औँल्याउँदै परिवार नियोजन संघका अध्यक्ष हिमालय लाल कसजू ले हालको यो अवस्था सम्म यो विषयमा धेरै संघ संस्थाहरूले हातेमालो गर्दै संयुक्त रूपमा पैरवी गरिरहेको बताए । सम्मेलन ले देश भरी वाट आएका झन्डै ३ सय भन्दा बढी सहभागी लाई यौनिकता शिक्षा बारे धेरै जानकारी प्रदान गरेको समेत उनले उल्लेख गरे ।

शिक्षा मन्त्रालयका सहसचिव डा. कमल प्रसाद पोखरेलले वृहत् यौनिकता शिक्षाले किशोर, युवाहरूलाई आफ्नो निर्णय आफै गर्ने, आफ्नो शरीर आफ्नो अधिकार बारे शिक्षित गरिरहेको बताउनुभयो।‌Fb img 1685118334066

नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा. नरेश प्रताप केसीले सम्मेलनले बृहत् यौनिकता शिक्षा को पहुँच लाई थप सशक्त पार्ने बताए । डा. केसीले सरोकारवालाहरू बिच यस विषयको बहस, पैरबी र छलफल ले अन्ततः किशोर, युवा समुह लाई प्रजनन अधिकार बारे थप शिक्षित पार्ने बताए ।

सम्मेलनमा युवाहरूको लागि उमेर उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार जस्ता मुद्दामा सहभागी, विज्ञ, विभिन्न निकाय बीच छलफल भएको थियो ।Yak

यस्तै अल्पसंख्यक समुदायहरूको अधिकारको सुनिश्चितता, रूढिवादी प्रथा तथा धारणा, हिंसा, बालबिबाह , युवाहरूको विदेश पलायन, शान्ति, सुरक्षा, किशोर किशोरी तथा युवा मैत्री सेवा तथा वातावरण बारे समेत बृहत् छलफल र विचार विमर्श भएको हो ।Bhagwan aryal

युवा लक्षित विभिन्न राष्ट्रिय नीति तथा त्यसको प्रभावकारी कार्यान्वयन, जस्ता धेरै महत्वपूर्ण मुद्दाहरूमा सम्मेलनका सहभागीहरूले छलफल गरेका थिए । युवाहरूकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरि नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्य दिशा तय गर्ने उद्देश्य अन्तर्गत सम्मेलन सम्पन्न भएको आयोजन संस्थाले जनाको छ । मुलुकमा कुल जनसङ्ख्याको ३८ प्रतिशत १९ वर्ष मुनीका वालबालिका रहेका छन् ।

Tags: #World health organizationCorona Virus #Covid19Dr.Naresh Pratap kcNepal family planning association
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कारागार अस्पतालमा बस्यो पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक

Next Post

वीर अस्पतालमा एक हप्ताभित्र सेवामा सुधार गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

Related articles

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘ पोइजन सूचना केन्द्र ’ को उद्घाटन
News

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘ पोइजन सूचना केन्द्र ’ को उद्घाटन

18 hours ago
776
सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो र महासचिवमा डा. रुपाखेती
News

सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो र महासचिवमा डा. रुपाखेती

3 days ago
813
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल
News

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल

4 days ago
780
काठमाडौंमा साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
News

काठमाडौंमा साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

5 days ago
792
वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त
News

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

5 days ago
782
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त
News

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त

7 days ago
779
Next Post
वीर अस्पतालमा एक हप्ताभित्र सेवामा सुधार गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

वीर अस्पतालमा एक हप्ताभित्र सेवामा सुधार गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,236)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...