काठमाडौं, १० जेठ २०७८
कोरोना विरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लिएका ६५ वर्ष माथिका नागरिकलाई अबको एक महिनामा खोप दिने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले आज भर्चुअल रुपमा गरिएको पत्रकार सम्मेलनका क्रममा यसभन्दा अघि कोभिसिल्ड खोप ८ देखि १२ हप्तामा लगाइने भनिए पनि अहिले नयाँ मापदण्ड अनुसार १६ हप्तासम्म लगाउन मिल्ने भनिएकाले सोही बमोजि खोपको तयारी गरिरहेको जनाए ।
पहिला सरकारले फागुण २३ गतेदेखि ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्डको पहिलो डोज खोप दिएको थियो ।उनीहरु दोस्रो डोज पर्खेर बसिरहेका छन्।
डा. पोखरेलका अनुसार विश्व स्वास्थ्य संगठनले पनि एउटै डोजले पनि धेरै नै काम गर्ने भनिसकेकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको र यद्यपी यो एक महिनामा खोप लगाएर उहाँहरुलाई सुरक्षित बनाउन मन्त्रालय लागिरहेको छ।