काठमाडौं, १६ माघ २०७९
नेपाल आयुर्वेद औषधि व्यवसायी संघको पाचौ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्य एवम् प्रदेश संयोजकमा जयराज भट्ट निर्वाचित भएका छन्।
ब्रहम शक्ति आयुर्वेद फर्मा धनगढी कैलालीका सञ्चालक समेत रहेका भट्टलाई पाचौं अधिवेशन बाट सर्वसम्मत रुपमा चयन गरेको हो।
निबर्तमान अध्यक्ष जङ्गराज गिरिले आफ्नो तिन वर्ष कार्यकाल पुरा गरेर राम चन्द्र बुढाथोकीलाई अध्यक्षतामा चयन गरेका हुन्।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बालचन्द्र अधिकारी, उपाध्यक्ष पुरुषमा गंगा ढकाल, उपाध्यक्ष महिला निर्मला खत्री, महासचिव लेखनाथ भुषाल, सचिबमा प्रथम कृष्ण प्रसाद तिम्सिना, सरोज राय यादब, कोषाध्यक्षमा उमा शंखर यादब, सह-कोषाध्यक्षमा बेद सुवेदी चयन भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा प्रदेस १ बाट बिष्णु कुमार कार्की, मधेस प्रदेशबाट महम्मद जाहागिर रांकी, बाग्मती प्रदेशबाट गणेश घिमिरे, गण्डकी प्रदेसबाट धन बाहादुर कुमाल, लुम्बिनी प्रदेसबाट गिरिराज शर्मा भट्टराई, कर्णाली प्रदेसबाट शेखर खड्का र सुदुर पश्चिम प्रदेसबाट जयराज भट्ट नियुक्त भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा रबिन्द्र देसार, डिल्ली प्रसाद घिमिरे, मधु वस्ती, कमल प्रसाद ओलि, निता बिश्वकर्मा, रणदेव हजाम, चुडाराज खनाल र मिङ्मा भुटिया चयन भएका छन्।
भट्टले आयुर्वेद औषधि क्षेत्रमा बिगत डेढ दशक लामो यात्रा पार गर्दै उहाँ यस क्षेत्रमा लोकप्रिय बन्दै गएका छन्।।