Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

Nam Raj Bhatta by Nam Raj Bhatta
March 11, 2025
in News
Reading Time: 1 min read
A A
0
आयुर्वेद चिकित्सालयमा सेवा विस्तार
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नुवाकोट, २७ फागुन २०८१

नुवाकोटको विदुर नगरपालिका-५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ शैयाको अन्तरंग सेवा अस्पताल सञ्चालनमा आएको छ ।

स्थापनाको करिब तीन दशकसम्म बहिरंग (ओपिडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा आइतबारदेखि सुरु गरेको २५ शय्याको अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शुभारम्भ गरे । अस्पतालको सेवा विस्तारलाई नियमित बनाउन चुनौती भएकाले विश्वसनीय सञ्चालनका लागि सेवा प्रवाहमा खटिन उनले बताए।

आयुर्वेदिक सेवा मानिसले रोगले आक्रमण गर्न सुरु गर्दाको बखतमा लिनुपर्नेमा स्वास्थ्य अवस्था निकै कमजोर भएर अन्यत्र उपचार नभएर निराश भएपछि मात्र आउने गरेको पाएको छु”, उनले भने, “प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलगायतका सेवा विस्तार गरेर पुर्‍याउँदै आएको सहयोगका सेवालाई प्रचारप्रसारमा जोड दिएर लक्षित वर्गसम्म पुर्‍याउन लाग्नुहोस् । बिरामीको माग र सेवाग्राहीको चापअनुसार थप सेवा वृद्धि गर्दै लैजानेछौँ ।”

चिकित्सालयमा अस्पतालको सेवा शुभारम्भको क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चिकित्सालयले आफूलाई चाहिने आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिनुभयो । अस्पताललाई चाहिने भौतिक संरचना, जनशक्ति, उपकरण सहितको सेवा उपलब्ध रहेकाले बिरामीलाई आयुर्वेद सेवामा आकर्षण गर्नतर्फ लाग्न उनले निर्देशन दिए ।

यसअघि बिरामीको स्वास्थ्य जाँच एवं परीक्षणको आधारमा औषधि उपलब्ध गराउँदै आएको चिकित्सालयले अब बिरामीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै रसुवा र नुवाकोटको सेवाग्राही बिरामीलाई यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने कार्यालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो।

डा. गिरीका अनुसार चिकित्सालयबाट विशेषज्ञ चिकित्सकसहित विषयगत प्राविधिक (स्वास्थ्यकर्मी) मार्फत बिरामी परीक्षण, पञ्चकर्म/पूर्व कर्म थेरापी, योग, प्राणायम, जीवनशैली व्यवस्थापन, अकुपञ्चर, प्याथोलोजी ल्याब, निःशुल्क र सशुल्क फार्मेसीलगायतको आयुर्वेद उपचारको सेवा प्रवाह सञ्चालनमा छ ।

बागमती प्रदेश सरकारको नवीनतम कार्यको रूपमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन, छ महिनासम्मका सुत्केरी लक्षित दुग्धवर्द्धक औषधि वितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, श्वासप्रश्वासजन्य रोगको परीक्षण, मानसिक रोग निराकरणसम्बन्धी परामर्शले आयुर्वेद उपचारको सेवा जनस्तरसम्म विस्तार गरिएको छ ।

कोभिड-१९ को महामारीको समयमा आयुर्वेद औषधालयको सेवा प्रवाह निकै प्रभावकारी भएसँगै त्यसपश्चात् बिरामीको चाप वृद्धि हुँदै आएको चिकित्सालयले जनाएको छ । नुवाकोट, रसुवा धादिङ सहित आसपासका जिल्लाबाट हाल दैनिक एकसय बिरामीले बहिरंग सेवा लिँदै आएकाले अन्तरंग सेवा विस्तारले यो दर अझै धेरै वृद्धि हुने लक्ष्य लिएको छ।

Tags: #government of NepalAayurved Health CentreDr. Narendra prasad Giri
SummarizeShare234ScanTweet147

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.