काठमाडौं, २० चैत।
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पुनः पोजेटिभ आएको छ ।
कोरोना भाइरसका सन्क्रमित दोस्रो र तेस्रो बिरामी मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आयो भने उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।
बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब ४८ घण्टा पछि फेरि नमूना संकलन परीक्षण गरि टेकुमा कार्यरत एक चिकित्सकले जानकारी दिनु भएको छ। पोजेटिभ संगै उनीहरुको अस्पतालको बसाइँ अझ बढेको छ।