पछिल्लो चौबीस घण्टामा ३२३ संक्रमीत थपिए, कुल संख्या ३ हजार २३५ पुग्यो #Covid19

काठमाडौं , २४ जेठ

नेपालमा पछिल्लो चौविस घण्टामा देशमा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अद्यावधिक विवरण दिन आयोजित कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

उनका अनुसार नयाँ संक्रमितहरु मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, स्याङजा, कास्की, बाग्लुङ, नवलपरासी पूर्व, रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँचीका रहेका छन् । यस्तै बर्दिया, बाँके, दैलेख र डोल्पामा पनि आज संक्रमण देखिएको   छ ।

पछिल्लो २४ घण्टाको विवरण सहित देशभर कोरोना संक्रमणमा पर्नेको संख्या ३ हजार २३५ पुगेको छ ।

यसैगरी कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या पछिल्लो २४ घण्टामा ३२ जना रहेको छ । यो संगै कोरोना जित्नेको संख्या ३६५ पुगेको छ ।

Next Post

Discussion about this post