आज: २०८३ बैशाख २७

Latest News

सरकारले जेठ १ गतेबाट हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, १४ बैशाख २०७९ सरकारले आगामी जेठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका...

सुदुरपश्चिम प्रदेशको प्रजातान्त्रिक आयुर्वेद चिकित्सकको संयोजकमा डा. जोशीलाई जिम्मेवारी

काठमाडौं, १४ बैशाख २०७९ सुदुरपश्चिम प्रदेशमा प्रजातान्त्रिक आयुर्वेद चिकित्सक संघको संयोजकमा डा. चेतराज जोशी लाई जिम्मेवारी दिएको छ। प्रजातन्त्रवादी आयुर्वेद...

पेडियाट्रिक पल्मोनोलोजी र इन्टेसिभ केयरमा डिएम गर्ने पहिलो डाक्टर बने घिमिरे

काठमाडौं, १४ बैशाख २०७९ नेपालमा पेडियाट्रिक पल्मोनोलोजी र इन्टेन्सिभ केयरमा डा. जगत जीवन घिमिरे डिएम गर्ने पहिलो व्यक्ति बनेका छन्।...

भूकम्प स्मृति सभा आयोजना

२०७२ बैशाख को विनाशकारी भुकम्पमा परी दिवंगत हुनुभएकाहरुको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले  आज एक स्मृति सभा आयोजना गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लाल माया गुरुङ, रक्तसंकलन स्यंमसेवकहरु सानुमैया कपाली र सिम्रन डंगोल लगायत स्वयंसेवी रक्तदाताहरुको मिति २०७२ बैशाख १२ गते शनिवारका दिन रक्तसंकलन गर्दै गर्दाको अवस्थामा गएको विनासकारी भुकम्प कारण काष्ठमण्डपमा ज्यान गएको थियो । केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलको संयोजकत्वमा सोल्टीमोडमा आयोजित सातौं स्मरण कार्यक्रममा  स्वयंसेवक तथा नेरेसोका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो । भूकम्प गएको समय पारेर आज विहान ११ बजेर ५७ मिनेटमा मौनधारणबाट सुरु कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विपत्तीमा परेर ज्यान गुमाउने  दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै स्वयंसेवक र कर्मचारीहरुको शुरक्षामा  थप ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारीहरु गमला क्षेत्री, राम श्रेष्ठले आफूहरु सो दिन फिल्डमा खटिँदा भोगेको अनुभव सहभागिहरुलाई सुनाउनुभएको थियो । नेरेसो कर्मचारी संघका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपंतिमा खटिनेहरुको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचोबारे चर्चा गर्नुभयो ।

Page 465 of 796 1 464 465 466 796